ट्यांकर र जीप ठोकिदा दाङमा ३ जना घाईते

देउखुरी, २५ भदौ | दाङमा ट्याक्टर र जिप एकआपसमा ठोक्किदा ३ जना घाइते भएका छन् । पूर्बपश्चिम राजमार्ग अन्तरगत देउखुरीको राप्ती गाउँपालिका २ बराहखुटीमा तेलको ट्यांकर र जिप एक आपसमा ठोकिदा ३ जना घाईते भएका हुन् । ना ३ ख ३९९४ नम्बरको ट्यांकर र रा १ ज ७४० नम्बरको जीप एक आपसमा ठोकिदा जिपमा सवार तीन जना घाईते भएका हुन् ।

घाईते हुनेहरुमा रोल्पा नगरपालिका १ का ३५ बर्षिय चन्द्रदेव पुन, रोल्पा माडि गाउँपालिका १ का ५४ बर्षिय मानसिंह रोका र तुलसीपुर ९ का ५० बर्षिया भिमा बस्याल रहनुभएको छ । घाईते चन्द्रदेव पुन र मानसिंहको अबस्था गम्भिर रहेको र अहिले मेडिकल कलेज कोहलपुरमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

अर्का घाईते भिमाको भने अबस्था सामान्य रहेको छ । प्रहरीले ट्यांकर चालकलाई नियन्त्रणमा लिएको छ भने जीप चालक फरार रहेका छन् ।