अविरल वर्षापछि सहिद मार्ग अबरुद्ध

रोल्पा, २५ भदौ | अविरल वर्षका कारण सहिदमार्ग तीनदिनदेखि अवरुद्ध हुँदा यात्रुहरु मारमा परेका छन् । बर्षाका कारण ठाउ–ठाउमा माथिबाट खसेको पहिराले सडक अबरुद्ध हुँदा समस्यामा परेको यात्रुहरुले गुणासो गरेका छन् ।

वर्षाका कारण माडी गाउँपालिका २ पाछा भन्ने स्थानमा पहिरो गएको छ भने पहिरो हटाउनका लागि जेसिबीले सम्भव नभएपछि समस्या भएको छ । अहिले पहिरो हटाउनका लागि स्काभेटर ल्याउने तयारी भएको पत्रकार बद्धिमान वलीले जानकारी दिनुभएको छ ।

सडक अबरुद्ध भएपछि रोल्पाका विभिन्न स्थानमा पुग्ने र दाङ तर्फ आउने यात्रु तथा सवारीका साधन अलपत्र परेका छन् । तीन दिन अघि झरेको पहिरो हिजो हटाएर सञ्चालनमा ल्याइए पनि आज फेरि पहिरो गएपछि समस्या भएको हो ।