कर्मचारीलाई दक्ष बनाउदै उपमहानगर

घोराही, २५ भदौ | कम्प्युटर मार्फत सेवा प्रबाहलाई अघि बढाएको घोराही उपमहानगरले काममा बिश्वस्नीयता र छरितो ल्याउन कर्मचारीलाई दक्ष बनाउन थालेको छ । कर्मचारीहरुलाई कम्प्युरको ज्ञान सँगै अन्य प्रबिधी र सञ्चालन प्रणालीमा दक्ष बनाउन उपमहानगरले तीन दिने तालिमको आयोजना गरेको हो ।

पञ्जिकरण तथा सामाजिक सुरक्षा शाखाको आयोजनामा १९ वटै वडाका सचिब एवं कर संकलन तथा घटना दर्तामा काम गर्ने कर्मचारीहरुलाई तालिम दिन थालिएको हो ।

तालिमको सुभारम्भ गर्दै नगर प्रमुख नरुलाल चौधरीले अब सूचना र प्रबिधीको ज्ञान विना कार्य सम्पादन सफल हुन नसक्ने बताउनुभयो । नगरका रहेक कामहरु अब कम्प्युटर प्राणाली मार्फत हुदै गएको भन्दै उहाँले इच्छा शक्तिका साथ सिकेर सेवा प्रबाहमा छरितोपन ल्याउन सुझाब दिनुभयो ।

त्यसैगरी उपप्रमुख सीता सिग्देल न्यौपानेले कर्मचारी सिपयुक्त भए मात्रै सेवा प्रभावकारी हुने बताउनुभयो । जनताले पाउने सेवालाई छिटो छरितो र भरपर्दो बनाउन प्रबिधीको ज्ञान अनिवार्य भए सँगै उपमहानगरले कर्मचारीलाई दक्ष बनाउन लागेको उल्लेख गर्नुभयो ।

त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले उपमहानगरका १३ वटा वडाबाट अहिले कम्प्युटर मार्फत राजस्व संकलन र व्यक्तिगत घटना दर्ता हुदै आएको बताउनुभयो ।

अन्य वडाहरुमा पनि छिटै सेवा सुरु हुने भन्दै समायोजन भएर आएका नयाँ कर्मचारीहरुलाई पनि अभ्यस्त बनाउन तालिमको आयोजना गरिएको उल्लेख गर्नुभयो ।

सूचना प्रबिधी अधिकृत विमल अग्रहरीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण पञ्जिकरण शाखा प्रमुख दिवाकरनाथ योगीले गर्नुभएको थियो ।।