सहकारी प्रति आभार प्रकट गर्दै गिरीले भने ” सहकारीले मलाई जीउने आधार दियो…

पार्वती बस्नेत

Buddha International Hospital

घोराही, ४ पुस | बिगत १० बर्षसम्म दशैमा टिका लगाउन नपाएको पिडा मनमा थियो तर गतसाल गाँउभरी नै डुलेर आफन्तहरु सँग टिका र आर्शिबाद ग्रहण गर्न पाउदा मनै चगां जस्तै उडेको थियो। यो भनाई हो लमही नगरपालिका वार्ड ७ बनघुस्री खुटी निबासी रबि प्रताप गिरीको,गिरीले अहिले खुटी मा नै होटल ब्यावसाय संञ्चालन गर्दै आउनुभएको छ ।

Advertise with us


करिब १२ बर्षसम्म छिमेकी देश भारतमा बसेर होटलमा काम गर्नुभएका गिरिलाई बर्षौसम्म दशैमा टिका लगाउन नपाउनु,घरपरिवार सँग टाढा बस्नुले पिडा हुने गरेको बताउनुभयो । पारिवारिक समस्याकै कारण १० कक्षा बढीसम्म अध्ययन गर्न नपाएको बताउनु भएका गिरिले घरकै खर्च पुरयानलाई पनि १२ बर्षसम्म भारतमा बसेर होटेलमा काम गर्नुुपरेको थियो।


आफनै परिवार सँगै बसेर घरको नजिकै होटेल ब्यावसाय संञ्चालन गरेर दैनिक ११ देखी १५ हजार सम्म नगद कारोबार गर्न थालेका गिरीले भारतमा बसेर सिकेको सिपलाई आफनो गाँउ ठाँउमा ब्यावसायिक रुपमा नै यसरी काम गर्न थालेकोमा निक्कै खुसी लागेको बताउनुभयो । आमाको उपचारका लागी नै खर्च जोहो गर्न भारत जानुभएका गिरिले आमालाई बचाउन त सक्नुभएन तर पाखुरा खियाएरर आफनो कर्मले परिवारलाई पाल्न सक्ने सिप सिकेर भने नेपाल आएको बताउनुभयो ।

लमही नगरपालिका देखि पश्चिममा रहेको उक्त होटेल जंगलमै छ भन्दा पनि हुन्छ तर आट गरेपछि काम गर्न सकिन्छ,कि सफल भईएला कि त असफल यहि सोचका साथ गिरिले आफनो सानो होटेल ब्यवसायको शुरुवात गर्नुभएको हो । आफु सँग रहेको केहि र स्थानिय दिपन सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको समन्वयमा प्राप्त ३ लाख ऋण रकम बाट गिरिले आफनो ब्यवसायको शुरुवात गरेको बताउनुभयो ।

भारतमा बसेर होटलमा काम गर्दापनि गिरिले मासिक ४५ हजार सम्म आम्दानी गर्दै आएको बताउनुभयो तर सधै अरुको कमारो हुुनुभन्दा आफु मालिक बन्ने चाहनाले र आफनो ठाँउमा बस्ने रहरले ब्यावसायी बनाएको बताउनुभयो ।

२कोठाबाट शुरु गरेको होटेल ब्यवसाय ६महिना नबित्दै साघुरो भएका कारण पछाडी घर बनाउन लागेको गिरिले बताउनुभयो । स्थानिय सहकारीले महिला उद्यमशिलता तथा स्थानिय उत्पादन र युवा स्वरोजगारलाई पनि महत्वका साथ काम गर्दै आएकोमा खुसी ब्यक्त गर्नुभयो ।

त्यत्तिमात्रै होईन् महिलाहरुलाई उद्यमी बनाउनका लागी संञ्चालन गरेको ऋण कार्यक्रम तथा आर्थिक सबलीकरण तथा शसक्तिकरणका सवालमा घर परिवार पनि मजबुद हुनुपर्छ भन्ने मान्यतालाई सहकारीले अगाडी सारेको हुदा आफु जस्तो युवाले आफनै ठाँउमा बसेर काम गर्न पाएकोमा गिरिले सहकारीलाई धन्याबाद समेत दिनुभयो ।