काम छोडेर आन्दोलनमा

कर्मचारी समायोजन विद्येकले आफुहरुको माग नसमेटिएको भन्दै दाङ लगायत देशभरका कर्मचारीहरु आन्दोलित भएका छन । विगत द्धन्द्ध र जनप्रतिनीधि नभएको अवस्थामा आफ्नो ज्यान बाजी राखेर काम गरेका कर्मचारीलाई प्रोत्साहन गर्नुको साटो हतोत्साहीत गर्ने गरी आएको बिद्ययकको बिरोधमा आन्दोलन थालिएको हो ।

Buddha International Hospital


Advertise with us
स्थानिय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिको आव्हानमा मंगलवार स्थानिय तहको कामकाज दुई घण्टा ठप्प पारिएको हो ।

साविक जिविस, नगरपालिका तथा गा.वि.स.मा कार्यरत अस्थायी, करार, ज्यालादारी, सामाजिक परिचालक लगायतको पेशाको सुनिश्चितता संगै स्थायीत्व हुनुपर्ने, साविक स्थानिय निकायमा श्रेणीविहिन अवस्थामा रहेका कर्मचारीको स्तरबृद्धि तथा सवै तहको बढुवा लगायत बृत्ति बिकास तत्काल गर्नुपर्ने, स्थानिय सेवामा समायोजन हुने सवै कर्मचारीहरुलाई समान व्यवहार गर्न साविक स्थानिय निकायमा कर्मचारीको समकक्षता निर्धारण गरी समायोजन गर्नुपर्ने, काठमाण्डौ लगायत देशभरका बिभिन्न नगरपालिका तथा गाँउपालिकामा फोहोरमैला तथा सरसफाईमा कार्यरत कर्मचारीहरुको पेशागत सुनिश्चितता हुनुपर्ने लगायतका माग राखि आन्दोलन थालिएको हो ।

जस अन्तरगत बुधवार बिहान १० बजेदेखी २ बजे सम्म सवै स्थानिय तहमा हातमा कालो पट्टी बाधि धर्ना दिने, ५ गतेदेखी ९ गते सम्म सवै स्थानिय तहको कामकाज ठप्प पारी धर्ना दिने कार्यक्रम रहेको नेपाल नगरपालिका कर्मचारी एशोसियसनका केन्द्रिय उपाध्यक्ष जंगबहादुर जिसीले जानकारी दिए ।