‘अव साहित्यको लक्ष्य खोजौ’

 

Buddha International Hospital

रीता लामा

Advertise with us

नेपाल कम्युनिष्ठ पाटी(क्रान्तीकारी)का महासचिव एवम प्रगतिशिल लेखक मोहन बैद्य किरण(चैतन्य)ले प्रगतिशिल सर्जकहरुले आफ्नो साहित्य र कलाको लक्ष्य खोज्नुपर्ने बताएका छन । उनले सबैले सल्लाहा गरेरै भए पनि स्रष्टाहरुले लक्ष्य पछ्याएर अगाडी बढ्नुपर्ने समय आएको बताए ।
प्रगतिशिल लेखक संघ दाङ शाखाको २६ औ स्थापना दिवसको अवसरमा बोल्दै बैद्यले लेखक संघको कार्यक्रममा आफुले कुनै पनि राजनीतिक भाषा नबोल्ने मात्र साहित्यको बारेमा मात्रै कुरा गर्ने प्रतिवद्धता जनाउदै अहिलेसम्म सर्जकहरुले विना लक्ष्य आफ्नो सिर्जनाहरु पस्किरहेको हुदा स्रष्ठाहरु गन्तव्यहिन बन्न पुगेको बताए ।
उनले विभिन्न आन्दोलन एवम संत्ता प्राप्तीको समयमा सर्जकहरुले आफनो सिर्जना मार्फत परिर्वनको लागि ठुलो भुमिका खेले पनि अन्तमा भुमिका विहिन बन्नुपरेको दावि गरे । ‘नेपालको इतिहासमा झापा विद्रोह र १० बर्षे युद्धले गरेको राजनीतिक परिर्वनलाई स्रष्टाको सिर्जनाले सहयोग गरेको थियो ।’ उनले भने ‘त्यस समयमा कला मार्फत सांस्कृतिक क्रान्तीमा लाग्नेहरु ओझेल परेका छन तर तीनलाई प्रयोग गर्नेहरु सधै सत्तामा छन ।’ पटक पटक कला, स्रष्टा, सर्जकहरु प्रयोग मात्र भैरहने परिपाटीको अन्त्य गर्न साहित्य, कलाकारहरुले नै आफ्नो लक्ष्य आफै खोज्नुपर्ने बताउनुभयो । अहिले सबै कलाकारहरु कुनै न कुनै पाटीमा आवद्ध रहने र तिनैको पक्षमा कला सिर्जना गर्ने काम भैरहेको उनको भनाई थियो ।


यस्तै कार्यक्रममा बोल्दै प्रगतिशिल लेखक संघका निर्वतमान अध्यक्ष डा.अमर गिरीले अव सर्जकले गर्ने हरेकको सिर्जनाको विषयमा जनतासँग प्रत्यक्ष छलफल हुनुपर्ने बताए । सिर्जनाहरु रचनात्मक प्रभावकारी एवम परिवर्तनगामी हुनुपर्ने धारणा राखे । यस्तै कार्यक्रममा प्रेस काउन्सिलका पुर्व अध्यक्ष नारायणप्रसाद शर्माले साहित्यमा राजनीति घुसेको भन्दै चिन्ता व्यक्त गरे । कार्यक्रम प्रगतिशिल लेखक संघ दाङ शाखाका अध्यक्ष शरद देवकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।