शिक्षाको गुणस्तर बढाउनेतर्फ लाग्दै नगरपालिका

Advertise with us

दिवाकर पोख्रेल
दाङ, कार्तिक २६ । लमही नगरपालिकाले बिनियोजन गरेको शिक्षा तर्फकाे वजेट पहुँच र गुणस्तर केन्द्रित रहेको छ ।

Buddha International Hospital
Advertise with us

चालु आर्थिक वर्ष २०७५/०७६ मा शिक्षातर्फ बिनियोजित वजेट १ करोड ६६ लाख ७२ हजार ९ सय ६६ रुपैयाको कार्यक्रमहरु नगरपालिकाभित्रका विद्यालय उमेर समूहका सबै बालबालिकाको शिक्षामा पहुँच पुृर्याउने र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारतर्फ केन्द्रित रहेको लमही नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

यस वर्षको वजेटमा शिक्षालाई प्राथमिकतामा राखी कार्यक्रहरु तय गरिएको र ती कार्यक्रमहरु विद्यालय शिक्षामा पहुँच र सामुदायिक विद्यालयको गुणस्तर सुधारमा केन्द्रित रहेको कुरा नगर प्रमुख कुलबहादुर केसीले बताउनु भयो ।

पहुँच केन्द्रित कार्यक्रमहरु
बिपन्नताकै कारण विद्यालयमा निरन्तर अध्ययनका लागि जान नसकेका र बीचैमा पढाइ छाड्न बाध्य भएका बालबालिकाको पहिचान गरी छात्रवृत्ती उपलब्ध गराउने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले जानकारी दिनुभयो ।

‘विद्यालयमा भर्ना भएर आर्थिक अभावमा विद्यालयमा आउन छाडेका बालबालिका छात्रवृत्ती उपलब्ध गराउने छौं’, प्रमुख प्रशासकीय अधिकृत डाँगीले भन्नुभयो । त्यसैगरी नगर शिक्षा योजना निर्माण हुँदै गरेको र त्यसबाट समेत नगरपालिकाभित्रका विद्यालय उमेर समूहका सबै बालबालिकालाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षाको अवस्था सुनिश्चित गर्ने कार्यलाई प्राथमिकतामा राखिएको समेत कार्यालयले जानकारी दिएको छ ।

शैक्षिक गुणस्तर सुधार 
विद्यार्थी संख्या बढी तर शिक्षक दरबन्दी न्यून रहेका विद्यालयहरुमा शिक्षण अनुदान रकम प्रदान गरी विद्यालयको न्यूनतम शिक्षक दरबन्दीको आवश्यकता पूरा गर्ने कार्यलाई प्राथमिकतामा राखेको बताइएको छ । शिक्षक तथा कर्मचारीको नियमिततालाई प्रभावकारी बनाउन अभियान सञ्चालन गरिएको छ । विद्यालयको शिक्षण सिकाइलाई प्रविधिमैत्री र आधुनिक बनाउन विद्यालयका लागि स्मार्ट वोर्ड सहयोग गरिएको छ ।

प्रधानाध्यापकहरुका लागि अवलोकन भ्रमण, विद्यालय विकास तथा सुधारका लागि अभिमुखीकरण, लेखा व्यवस्थापन तालिम, स्थानीय पाठ्यक्रम निर्माण, सामुहिक तवरबाट नियमित विद्यालय अनुगमन तथा पृष्ठपोषण समेत रहेको छ ।

न्यूनतम सुविधामा प्रारम्भिक बालविकास कक्षामा पढाउँदै आएका प्रारम्भिक बालविकास शिक्षकका लागि मासिक प्रोत्साहन भत्ता तथा पोशाक, विद्यालय कर्मचारीका लागि पोशाक, उत्कृष्ट कार्य गर्ने शिक्षक तथा राम्रो नतिजा हाहिल गर्ने विद्यार्थीलाई पुरस्कार तथा सम्मान गर्ने कार्यलाई समेत प्राथमिकतामा राखिएको छ । नियमित विद्यालयको अनुगमन तथा सुपरिवेक्षण गरिने छ ।