दाङमा बस दुर्घटना हुंदा १५ जना घाइते,३ जनाको अवस्था गम्भीर

घोराही, २० भदौ | आज करिव सवा १२ बजे तिर घोराही उपमहानगरपालिका वडा नम्वर १६ सर्रामा अनियन्त्रीत भै बस पल्टिदा दुर्घटना भएको छ । घोराहीबाट तुलसीपुर जादै गरेको ग १ ख ४८५९ नम्वरको बस अचानक सडकको बायाँ तर्फ पल्टिदा दुर्घटना भएको हो ।


प्रहरीका अनुसार बसमा सवार ४० जना मध्य ३ जना गम्भिर र १५ जना सामान्य घाइते भएका छन् । घाईतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विनोद विक्रम शाहका अनुसार गाडी चालक अहिले फरार रहेका छन् । उनको खोजि कार्य भैरहेको छ ।