‘साना संचारमाध्यमलाई प्रोत्साहन गर्न आवश्यक’

Advertise with us

रीता लामा

Buddha International Hospital

पत्रकार महासंघ दाङ शाखाले सोमवार घोराहीमा आफ्नो २६ औ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा उत्घाटन कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले जनताको आवश्यकताको समाचार दिनको लागि साना संचार माध्यमलाई प्रोत्साहन दिनुपर्ने बताए । उनले ठुला मिडियाहरुले सिण्डिकेटको आधारमा संचारमाध्यम चलाइरहेको आफ्नो मनलाग्दी समाचार सम्प्रेशण गरेको भन्दै आक्रोष व्यक्त गरे । उनले प्राय जसो ठुलो लगानीमा खुलेका मिडियाहरु व्यापारिक प्रयोजनको लागि प्रयोग भैरहेको हुदाँ ती मिडियाले तल्लो स्तरको जनताको जनजीविकाको सवाललाई आफ्नो संचार माध्यममा न्यायपुर्ण तरिकाले स्थान दिन नसकेको बताए । साथै उनले ठुला मिडियाले जनतालाई सुसुचित गर्ने भन्दा पनि जनतामा भ्रम सिर्जना गर्ने खालका विज्ञापनलाई प्राथमिकता दिइरहेको दावि गरे ।

Advertise with us


‘पत्रकारको मुख्य धर्म विभिन्न नागरिक क्षेत्रको आवाज बोल्नु हो ।’ उनले भने ‘त्यस भन्दा पनि महत्वपुर्ण सवाल लोकतन्त्रको पक्षमा कलम चलाउनु हो । तर त्यसो हुन सकेको छैन ।’ कार्यक्रमका प्रमुख अतिधि समेत रहेका अध्यक्ष आचार्यले श्रमजिवि पत्रकारहरुको विषयमा बोल्दै जिल्लाहरुमा पत्रकारले आफैले चलाएको मिडियामा पनि कामदारले श्रमशोषण भोग्नु परेको बताए ।
यस्तै सुरु देखि नै राजनीतिक दलले संचारमाध्यममा आउने आलोचनात्मक टिप्पणी सुन्न नसक्दा पनि संचार माध्यम र दल वीच द्धन्द्ध सिर्जना भएको उनको धारणा थियो ।
कार्यक्रममा प्रेस काउन्सिलका पुर्व अध्यक्ष नारायणपसाद शर्माले पत्रकारले आफ्नो कतव्य विर्सन नहुने र सधै रुपान्तरणको पक्षमा कलम चलाउनुपर्ने बताए । पछिल्लो समयमा एउटा÷एउटा बाहाना बनाएर गणतन्त्र प्रति उपेक्षा जगाउने काम केही मिडियाले गरेको भन्दै चिन्ता व्यक्त गरे ।


पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियाशनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोखरेलले पनि लोकतन्त्रको वकालत गर्नको लागि नेपाली पत्रकारीता अगाडी भए पनि राज्य पक्षबाट सबै प्रेस स्वतन्त्रता खुम्च्याउने काम भैरहेको बताए । साथै उनले पनि पत्रकारहरुलाई आचारसंहिता भित्र रहेर काम गर्न आग्रह गरे ।


कार्यक्रममा पे्रस स्वतन्त्र सेनानी सुसिल गौतम, महासंघका केन्द्रिय सदस्य उदय जीएम लगायतले पत्रकार र पत्रकारीताको विषयमा व्यापक छलफल र बहसको आवश्यकता रहेको भन्दै पत्रकार महासंघले अव संचार क्षेत्रको विषयमा व्यापक बहस र छलफलको आवश्यकता रहेको बताए ।
उत्घाटन सत्र पछि पत्रकार महासंघ दाङ शाखाले आर्थिक एवम प्रगति प्रतिवेदनमा पनि व्यापक छलफल सुरु गरेको थियो ।