गणतन्त्र अनलाइनका दिपक जीएम सहित विभिन्न पत्रकार पुस्कृत

Advertise with us

रीता लामा
नेपाल पत्रकार महासंघ दाङ शाखाले आफनो २६ औ स्थापना दिवस एवम साधारणसभाको उपलक्ष्यमा गणतन्त्र अनलाइनका प्रकाशक÷सम्पादक दिपक जीएम सहित करिव बीत पत्रकारलाई पुस्कृत गरेको छ । जीएमलाई यस बर्ष पत्रकारीता प्रोत्साहन पुस्कारबाट सम्मान गरेको हो । उनलाई महासंघले नगद र सम्मान पत्र प्रदान गरेको थियो ।
त्यस्तै राप्ती समाचार दैनिककी घोराही समाचारदाता रीता लामालाई यस बर्षको बर्ष उत्कृष्ट पत्रकारीता पुरस्कारबाट पुरस्कृत गरिएको छ । महासंघ दाङले आफै स्थापना गरेको उक्त पुरस्कार राप्ती समाचारकर्मी लामालाई नगद पाँच हजार र सम्मानपत्रले सम्मान गरेको थियो ।

Advertise with us

Buddha International Hospital


यस्तै पत्रकार महासंघले संस्थाका संस्थापक कोषाध्यक्ष रामप्रसाद पौडेललाई योगदान पत्रकारिता पुरस्कार पदान गरको छ । महासंघले यस वर्ष स्थापना गरेको उक्त पुरस्कारबाट पहिलो पटक उनलाई पुरस्कृत गरेको थियो ।
जसअनुसार पत्रकारिता प्रतिभा पुरस्कारबाट नारायणी रजौरे, महिला सिर्जनशील पत्रकारिता पुरस्कार विमला घर्ती, पत्रकारिता प्रोत्साहन पुरस्कार आभाष बुढाथोकी, ओमप्रकाश गुप्ता, विकास डाँगी, कवि–गोकुल स्मृति पत्रकारिता पुरस्कार जीवन नेपाली, रोशन स्मृति पत्रकारिता पुरस्कार पुरन शर्मा, पण्डित लिलाकण्ठ मरहट्ठा पत्रकारिता पुरस्कार विमल योगी, विष्णु–भुपेन्द्रश्वर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार सुरेश सुमन डाँगी, यज्ञबहादुर बुढाथोकी स्मृति पत्रकारिता पुरस्कार विवेक खडकालाई प्रदान गरेको थियो ।
त्यसैगरी ओमप्रकाश स्मृति पत्रकारिता पुरस्कार गोपालशर्मा भट्टराई, जितेन्द्रबहादुर शाह स्मृति पत्रकारिता पुरस्कार विमल गौतम, दुर्गा–टीका स्मृति पत्रकारिता पुरस्कार अमरराज आचार्य, लोककुमारीस्मृति पत्रकारिता पुरस्कार युगराज पोख्रल, नदीनस्मृति पत्रकारिता पुरस्कार इन्द्र विवश डिसी, नारायणी स्मृति पत्रकारिता पुरस्कार देवी भण्डारी र फोटो पत्रकारिता पुरस्कार कुलदीप न्यौपानेलाई प्रदान गरेको थियो ।