एक महिनापछि युवक मृत अवस्थामा फेला

दाङ, पुस २ । एक महिनादेखि परिवारको सम्पर्क बिहीन रहेका घोराही उपमहानगरपालिका—१३ का १७ बर्षीय सुबास पुनको शब फेला परेको छ । कार्तिक ३० गते स्वर्गद्वारी घुम्न गएका पुनको शब घोराही—१९ को हरिकिसे जंगलको भीरमा फेला परेको हो ।

Buddha International Hospital

Advertise with us

स्थानीय महिलाहरु दाउरा संकलनका लागि उक्त जंगलमा गएको समयमा शब देखेपछि खबर गरेका थिए । मृतक पुनका भिनाजु बिबेक गुरुङले कपडा मार्फत् पहिचान गरेको घोराही उपमहानगरपालिका वडा नम्बर १९ का वडा सदस्य जंग रोकाले जानकारी दिनुभएको छ ।

मृतक पुनको शब अहिले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पोष्ट माटमका लागि ल्याइएको छ । साथै मृतक पुनको शरिर सबै गलेको अबस्थामा रहेको वडा सदस्य रोकाले जानकारी दिनुभएको छ ।

साथीहरुसंग प्यूठानको स्वर्गद्वारी घुम्न गएको समयमा पुन परिवारको सम्पर्कमा थिएनन् । उनीसंगै स्वर्गद्वारी गएका अन्य नौँ जना साथीहरु पनि घर फर्किएपछि उनको खोजी गरिए पनि फेला पर्न सकेका थिएनन् ।