पत्रकार महासङ्घकाे स्थापना दिवसमा पत्रकारहरु पुरस्कृत

दाङ, पुस २ । नेपाल पत्रकार महासङ्घ दाङले २६औँ स्थापना दिवस तथा वार्षिक साधारणसभाको अवसरमा आज २० जना पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ ।

Buddha International Hospital

Advertise with us

नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सविन प्रियासन र केन्द्रीय अध्यक्ष गाेविन्द अाचार्यले जिल्लाका २० जना पत्रकारहरुलाई सम्मान गर्नुभएकाे थियाे । पत्रकारहरु नारायणी रजाैरे,  रीता लामालाई वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट नगद रु पाँच हजार र कदरपत्रसहित सम्मान गरिएको छ ।

पत्रकारिता क्षेत्रमा योगदान पुरस्कारबाट पत्रकार रामप्रसाद पौडेल, ओमप्रकाश स्मृति पत्रकारिता पुरस्कार गोपाल शर्मा भट्टराई, जीतेन्द्रबहादुर शाह स्मृति पत्रकारिता पुरस्कार विमल गौतम, दुर्गा–टीका स्मृति पत्रकारिता पुरस्कार अमरराज आचार्य, लोककुमारी स्मृति पत्रकारिता पुरस्कार युगराज पोख्रल, नदीन स्मृति पत्रकारिता पुरस्कार इन्द्र विवश डिसी, नारायणी स्मृति पत्रकारिता पुरस्कार देवी भण्डारी र फोटो पत्रकारिता पुरस्कार कुलदीप न्यौपानेलाई प्रदान गरीएको छ ।

यस्तै कार्यक्रममा महिला सिर्जनशील पत्रकारिता पुरस्कार विमला घर्ती, पत्रकारिता प्रोत्साहन पुरस्कार आभाष बुढाथोकी, ओमप्रकाश गुप्ता, दीपक जिएम, विकास डाँगी, कवि–गोकुल स्मृति पत्रकारिता पुरस्कार जीवन नेपाली, रोशन स्मृति पत्रकारिता पुरस्कार पुरन शर्मालाई प्रदान गरिएको हो ।

त्यसैगरी पण्डित लीलाकण्ठ मरहट्ठा पत्रकारिता पुरस्कार विमल योगी, विष्णु–भुपेन्द्रश्वर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार सुरेश सुमन डाँगी, यज्ञबहादुर बुढाथोकी स्मृति पत्रकारिता पुरस्कार विवेक खड्कालाई प्रदान गरिएको छ ।

Advertise with us