अब सातामा तिन दिन हवाइ सेवा

तुलसीपुर, कात्तिक । तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा सञ्चालन भइरहेको दाङ्ग काठमाडौ हवाइ उडान अव सातामा तिन दिन हुने भएको छ । यसभन्दा अगाडि सोमबार र शुक्रवार नियमित उडान हुँदै आएकोमा मंसिर १ गतेदेखि लाग ुहुने गरी वुधबार समेत थप गरेर सातामा तिन दिन उडान हुन लागेको नेपाल वायुसेवा निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए । ‘यात्रुको माग भए वमोजिम हामीले तुलसीपुर उपमहानगरपालिकासँग सहकार्य गरेर उडान थप गरेका हौ’ प्रवक्ता सिग्देलले भने ।

Buddha International Hospital


Advertise with us
मंसिर महिनाभरमा यात्रुको चाप र माग भए पुस महिनाबाट दैनिक हवाई सेवा सञ्चालनका लागि निगमले तयारी गरिरहेको पनि नेपाल वायुसेवा निगमका कमर्सियल विभाग प्रमुख टंकनिधि दाहालले वताए । ‘हामीले दैनिक उडान हुँदा यात्रुसंख्या पुग्ने अवस्था हुने भयो भने नियमित उडान गर्नेछौ’ दाहालले वताए ।


लामो समय वन्द रहेको हवाइ सेवा सञ्चालनसँगै यहाँका जनतामा पनि उत्साहको सञ्चार भएको छ । ‘अचानक काठमाडौ जानुपर्ने काम परेको थियो यहीबाट टिकट पाइपछि साह्रै खुसी लाग्यो ’ तुलसीपुरका घनश्याम लामिछानेले वताए । उपमहानगरपालिकाले नेपाल एयरलाइन्सको सहकार्यमा हवाईसेवा सञ्चालन गरेसँगै अशक्त र विरामीहरुले ठूलो राहतको महसुस गरेका छन् ।

‘चेक गराउन काठमाडौ जाउँ भनेको गाडीमा यात्रा गर्न साह्रै गाह्रो थियो तर तुलसीपुरबाटै टिकट पाएपछि सजिलो भयो ’ पत्रकार नारायणप्रसाद शर्माले खुसी व्यक्त गरे । उनले हवाइसेवा दैनिक सञ्चालन भएमा सबैले सुविधा लिन पाउने पनि वताए । तिहारको दिन टिका लगाएरै सोही दिन काठमाडौ जान पाएकोमा काठमाडौ घर भएकी निर्मला गिरीले खुसी व्यक्त गरिन् । ‘साइतमै टिका लगाएर घर जान पाइयो यस्तै सेवा सधै भए सजिलो हुने थियो’ उनले वताइन् ।

तुलसीपुरमा नै यात्रुको संख्या पुरा भएपछि नेपाल एयरलान्सले अहिले तुलसीपुर काठमाडौ सिधा हवाइ सेवा सञ्चालन गरिरहेको छ । ‘इन्धन समस्याका कारण विमानको क्षमता अनुसार यात्रु वोक्न नसकिए पनि एक दुइ जना कम गरेर धेरै जसो डाइरेक्ट उडान गरिरहेका छौ’ क्याप्टेन उद्धव घिमिरेले वताए ।

 

हवाइ सेवा नियमित भए यात्र ुसंख्यामा कमी नहुने तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजालले वताए । ‘नेपालगञ्ज र भैरहवा जानेको अनुपात हेर्ने हो भने दैनिक दुई वटा पनि उडान भर्न सकिन्छ’ रिजालले वताए । नेपालगञ्ज र भैरहवा जानका लागि समय र पैसाको खर्च धेरै हुने भएको हुँदा तुलसीपुरबाट विमान सेवा लिनेहरु धेरै हुने उनको कथन थियो । विमान सेवा सञ्चालन भएसँगै सदैव टिकट प्याक हुने गरेको टिकट व्यवस्थापनको जिम्मेवारी लिएका उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त विवश आचार्यले वताए । ‘दशै र तिहारको दिनको उडान समेत प्याक भएको थियो’ आचार्यले जानकारी दिए ।

टर्मिनल भवन वन्ने
तुलसीपुर विमानस्थल सञ्चालनसँगै यात्रु सुविधाका लागि सुविधा सम्पन्न टर्मिनल भवन वन्ने भएको छ । भवन निर्माणका लागि केन्द्रबाट वजेट विनियोजन भइसकेको र तत्काल निर्माण प्रक्रिया अगाडि वढाइने तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वताए । ‘टर्मिनल भवनका लागि सरकारले वजेट विनियोजन गर्नुले पनि विमान सेवा नियमित हुने अपेक्षा गर्न सकिन्छ ’ पाण्डेले वताए । उनले अस्थायी इन्धन डिपोको लागि सरकारले निर्णय गरिसकेको जानकारी दिदै अन्य प्रक्रिया समेत अगाडि वढिसकेको वताए ।

Advertise with us