विकाश निर्माणमा जुट्न उपभोक्ता समितिलाई आग्रह

दिप्तीशिखा चौधरी,
दङ्गीशरण, १ पुस । दङ्गीशरण गाँउपालीकाका अध्यक्ष भागीराम चौधरीले वडामा हुने कुनै पनि विकाशे काममा लगनशिल भएर खटिन वडाका उपभोक्ता समितीका पदाधिकारीहरुलाई आग्रह गरेका छन । हाम्रो र राम्रो दङ्गगिशरण बनाउने हात हामी सबैको हो भन्दै उनले सबैलाई विकाश निर्माणमा जुट्न आग्रह गरे । दङ्गीशरण गाँउपालिकाको आयोजनामा वडा न.६ मा आयोजित उपभोक्ता समिति संचालन अभिमुखीकरण तालिम उद्घाटन कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन ।
सो अवसरमा वडा न. ६ का अध्यक्ष टंकबहादुर वलीले वडामा हुने कुनै पनि विकाशको कामलाई गुणस्तरीय बनाउने बताएका हुन । वडामा विश्वासीलो उपभोक्ता समिती गठन गरी कहि कतैबाट पनि बेरुजी नहुनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष वलीले वडाका जनताहरुले आफुलाई विश्वास गरेर वडा अध्यक्षमा निर्वाचित गराएको हुदाँ आफुले पनि वडाको विकास गरेर गुन तिर्ने बताए ।

Advertise with us
तालीममा सव–ईञ्जीनीयर जिवराज गिरी, प्रशासन शाखाका प्रमूख नरेन्द्र शर्मा, योजना शाखा प्रमूख मस्तवीर चौधरीले सहभागीहरुलाई उपभोक्ता समितीले गर्न हुने काम र कर्तव्य, उपभोक्ता समितीको गठन प्रक्रिया र आवश्यक कागजपत्रहरु, उपभोक्ता समिमितीका सदस्यको योग्यता, उपभोक्ता समिति गठनको नमूना, उपभोक्ता समितिको काम, कर्तव्य र अधिकार, उपभोक्ता समितिको भौतिक तथा वित्तीय प्रगती प्रतिवेदन लगायतका बिषयमा जानकारी गराएका थिए ।
आर्थिक बर्ष २०७५⁄०७६ मा परेका योजनाहरु अन्र्तगत वडा तथा टोलमा हुने विभिन्न खाले विकाशे कामका लागि उपभोक्ताका पदाधिकारीहरुलाई काम गर्न सहज होस भन्ने उद्देश्यले दङ्गीशरण गाँउपालिकाले तालीमको आयोजना गरेको छ ।

Buddha International Hospital
Advertise with us