सुरक्षाको विषयमा संचारकर्मीसँग छलफल

Advertise with us

घोराही, १ पौष । दाङमा भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले आइतवार जिल्लाका पत्रकारहरुसँग भेटघाट गरेका छन । उनले जिल्लाको समग्र शान्ती सुरक्षाको विषयमा पत्रकारहरुसँग छलफल एवम जिज्ञासा राखेका थिए । उनले सरुवा भएर दाङ आएसँगै जिल्लाको समयमायीक विषयमा छलफल एवम पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गरेका थिए ।

Buddha International Hospital


Advertise with us
प्रजिअ रिजालले जिल्लाको सुरक्षासँग जोडिएको विषयहरु चोरी, डकैति, तस्कर, दुर्घटना, सडक व्यवस्थापन, बजार व्यवस्थापन, कार्यालयहरुबाट हुने सेवा प्रवाह लगायतको विषयमा छलफल गरेका थिए । साथै उनले जिल्लाको सुरक्षा अवस्थालाई नमुना बनाउनको लागि सुरक्षा निकाय र संचारकर्मी बीच समन्वयत्मक भुमिका निर्वाह हुनुपर्ने बताएका थिए । उनले संस्थागत रुपमा वा समाचारको रुपमा संचार क्षेत्रको सधै आलोचनात्मक सुझावको आफुले अपेक्षा गरेको बताएका थिए ।


भेटघाट कार्यक्रममा जिल्लाका पत्रकारहरुले पनि संचारसँग सधै समन्वय गर्न र संचारक्षेत्रको सुधारको लागि पनि सुझाव सल्लाहको अपेक्षा गरेको बताएका थिए । यस्तै उनीहरुले जिल्लामा देखिएको विभिन्न घटनाक्रम एवम समस्याको विषयमा प्रजिअलाई अवगत गराएका थिए । भने थप सुधारको अपेक्षा आफुहरुले गरेको बताएका थिए साथै हुन सक्ने भवितव्यलाई व्यवस्थापन गर्न र विषयगत कार्यालयबाट हुने सेवा सुविधालाई चुस्त पार्नको लागि सल्लाह दिएका थिए ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डे, साहेक प्रमुख जिल्ला अधिकारी गणेश आचार्य, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशन, उपाध्यक्ष लिला शाखा, पुर्व अध्यक्ष प्रताव रेग्मी लगायतको सहभागिता रहेको थियो ।