‘लक्कीचार्म’ सामाजिक दर्पण भएर आएको छ

नारायण श्रेष्ठ


जीवन सुख र दुःखको अनुभूतिसँगै निरन्तर गतिशिल भइरहने सागरको लहर हो । यो कहिले निकै उत्साह र हौसलाका साथ आनन्दको सागरमा डुबुल्की मार्दै अघि बढिरहेको हुन्छ भने कहिले अनायासै अविश्वासको भूमरीमा परी दुःखको सागरमा निस्सासिदै मुक्ति पाउन अघि बढीरहेको हुन्छ ।

Buddha International Hospital
Advertise with us

यसरी बढीरहने क्रममा आत्मविश्वासको बलियो आधार बनेर आत्मसन्तुष्टिको गन्तव्य पनि तय गरिरहेको हुन्छ भने भौतिक चकाचौधले मात्र पनि होइन आध्यात्मिक सत्संग र सेवामुखी सोच र आचरणले पनि जीवनमा सन्तुष्टि लिने वातावरण तयार हुने सत्य जीवनले महशुस गरेको हुन्छ । जीवनको उद्देश्य भौतिक विलासितामात्र पनि होइन, नैतिक र आचरणयुक्त जीवनशैली नै मानविय जीवनको उत्कृष्ट आचरण हो । जहाँ इच्छा त्यहाँ उपाय, जहाँ स्वच्छता र आदर्श विचार त्यही सफलता र सन्तुष्टि । सामाजिक जीवन पद्दति भित्र गतिशिल मानविय चेतनामा यदि स्वच्छता र निस्कलङ्कीत निस्वार्थ सेवा भाव छ भने समयको गतिसँगै आईपर्ने जतिपनि समस्या छन् ति स्वतः निराकरण हुँदै जीवन सफल हुन्छ यो सत्य महसुस गर्नुपर्ने अवस्था सिर्जना हुन्छ ।

यसका लागि केवल हतास मनस्थितिले होइन धैर्य र लगनशिलताका साथ परिस्थितिको आकलन गरी जीवनलाई विश्वास र भरोसा योग्य बनाई सहज अवतरण दिनुपर्दछ । यस्तै यस्तै विषयलाई समेट्दै विछोडपछिको मिलन हुने प्रेम कहानीमा आधारित उपन्यासकार सविन प्रियासनको लक्कीचार्म पढ्दा हामीलाई महशुस हुन पुगेको छ । केही समय पहिले पल्लवी उपन्यास पढ्दाको क्षण त्यस उपन्यासले ल्याएको निरासालाई लक्कीचार्मले आशाको दियो बाल्दै शुरुदेखि अन्त्यसम्म वियोगलाई सुखान्त परिवेशमा लैजाने वातावरण तयार गरेको छ । दुःखपछि सुख हुन्छ भन्ने यथार्थ सत्यलाई यस उपन्यासले पुष्टि गर्न खोजेको छ ।

जीवनको हरेक मोडमा मानिस कसरी परिस्थितिको दास बन्दो रहेछ आफ्ना पनि विरानो हुने अवस्था कसरी उत्पन्न हुने रहेछ, सामाजिक जीवनमा मानिसको स्वार्थ कसरी क्षणिक मोह र आशक्तिमा डुबुल्की मार्दो रहेछ, यस उपन्यासले सबैलाई जागृत गराउँदै मानिस सृष्टिको उत्कृष्ट आचरण गर्ने सामाजिक प्राणी हुँदाहुँदै पनि कसरी आफुलाई पतित बनाउँदो रहेछ यसले सचेतना जगाउन खोजेको छ । मानिस स्वयम गलत रहेनछ, संगत र स्वार्थले मानिसको तन, मन र विचारहरु दिग्भ्रमित भएर क्षणिक वासनामा मानिस लुटपुटिन पुग्दो रहेछ भन्ने भाव प्रष्ट्याउँदै समाजमा भए गरेको कुरिति र मानिसमा जागृत हुने आशक्ति, वेभिचारीपनको यस उपन्यासले उजागर गर्न खोजेको छ ।

धन ठूलो कि मन ठूलो भन्ने विषयलाई पुष्टि गर्दै धैर्य, हिम्मत र आत्मविश्वासको बलियो आधारबाट नै जीवनले सफलता हासिल गर्न सकिन्छ भन्ने पाठ यसले सिकाएको छ । धन दौलत प्रयोग हुने वस्तु हो । यसलाई उचित स्थानमा उचित किसिमले प्रयोग गरेमात्र यसले मानव जीवनलाई उत्कृष्ट स्थानमा पु¥याउँछ । यदि जानिएन र सुरा र सुन्दरीको देखावटी कृतिम चालमा यसलाई प्रयोग गर्ने हो भने जीवन वर्वाद पनि हुँदो रहेछ भन्ने सत्य यस उपन्यासले दिन खोजेको छ । रुपियाँ, पैसा र यो जीवन स्वयम साधन हो साध्य होइन । यसलाई प्रयोग गर्न जाने यहाँ अमृत तत्व भेटिन सक्छ नसके आफ्नो जीवन आफैलाई अभिसाप हुन पुग्दछ । यस उपन्यासले देखाउन खोजेको छ ।

वाह्य दृश्यले देखेको वस्तु सबै सत्य हुँदैन, भौतिक सामग्रीले लेपन गरिएको चेहरा देख्दामा जति सुन्दर हुन्छ त्यतिनै त्यसको आचरण र व्यवहारमा दुषित भाव हुन्छ भन्ने कुरा दर्साउँदै मानिसको परख उसको चेहरामा होइन विचार र व्यवहारबाट प्रष्टिनुपर्ने रहेछ भन्ने शिक्षा यसले दिन खोजेको छ ।

प्रेम कहानीमा आधारित उपन्यास लक्कीचार्मभित्रका पात्रहरुले गरेको सम्वाद र त्यसभित्र देखिने भावले मानिसलाई केही न केही शिक्षाप्रद कुराहरु दर्शाउँदै उपन्यासको गति अघि बढेको छ । उपन्यास पढ्दै जाँदा यसभित्रका पात्रले गरेको सम्वादबाट मानिस प्रभावित हुँदैन भन्ने अलिकति आभाष पनि कहिकतै पाइदैन । प्रत्येक पात्रले उत्तिकै भूमिका निभाईरहेको अनुभूति हुन्छ ।

पारिवारिक जीवन के रहेछ रु कसरी मानिसले आफुलाई धैर्य र सहास जुटाउन सक्षम हुँदोरहेछन्, आमा र छोरी बीचको सम्बन्ध कस्तो हुनु पर्दोरहेछ, घरपरिवार, सासुससुरा, बुहारी, नातिनातिनीबीच कस्तो सम्बन्ध गर्नु गराउनुपर्दो रहेछ, पारिवारिक जीवन चरित्र यस उपन्यासले छर्लंग पार्न खोजेको छ ।

प्रेम के हो रु र यो कसरी र कुन किसिमले झांगिदो रहेछ भन्ने बारे यथार्थ परक घटना झै सलल बगेको प्रेम कहानीमा आधारित यो उपन्यासबाट पुरुष प्रधान समाजले महिलालाई हेर्ने दृष्टिकोण अझ भनौ अविवाहित केटा र केटी ९जो बयस्क छन्० बीच हुने अस्वाभाविक सम्बन्ध यहाँ छर्लंग देखाइएको छ । पल्लबीको वियोगान्त पछि संकेत र उसको प्रियसी ९जो विवाह बन्धनमा लगाइने सिन्दुरपोते नलगाएर पनि प्रतिक्षामा सौताको छोरीलाई आफ्नै छोरी ठानी काखमा राखी हुर्काएकी० पल्लवी कसरी मिलनको संघारमा एक आपसमा मिठो सम्बन्ध र साँच्चिकै पति पत्नी भएर बस्ने वातावरण बन्दो रहेछ यसका लागि लक्कीचार्म साँच्चिकै कसरी लक्की ९भाग्यलक्ष्मी० बनेकी छिन् यो उपन्यासले देखाएको छ ।

आमाछोरी बीचको सम्वाद, समाजमा एक्लो हुँदाको पीडा, समाजमा यदाकदा देखिने गोहीहरुको बक्रदृष्टि, महिलामाथि पर्ने बज्रपात, यस उपन्यासका पात्रले निकै सफलतापूर्वक निर्वाह गरेको अवस्था देखिन्छ । सेवा नै परमोधर्म हो भन्ने प्रेरण दिदै हरेक क्षेत्रमा आडम्बर होइन, स्वार्थमा आधारिक कर्ममा होइन, निस्वार्थ र विश्वास एवं भरोसापूर्ण कार्यले नै मानिस नैतिक र चरित्रवान हुन्छ भन्ने सत्य उजागर यस उपन्यासले गर्न खोजेको छ ।

क्षणिक वासनामा लिप्त हुने स्वभावका केही महिला जो महिलाकै दुस्मन पनि हुन्छन् भन्ने कुरा उजागर गर्दै यस उपन्यासले पुरुषको चरित्र, महिलाको बहुरुपीपन पनि समाजमा गतिशिल भइरहेछ भनेर उपन्यासले सामाजिक दर्पण भएर देखाउन खोजेको छ । धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको नेपालको हिमालपारीको जिल्ला मुस्ताङ र मुक्तिनाथ क्षेत्रको वर्णनले मासिनलाई त्यस क्षेत्र प्रति हेर्न र बुझ्न जाने उत्सुकतामात्र जगाएको छैन । आध्यात्मिक सत्संगले मानिसमा सन्तुष्टि र आनन्दको अनुभूति गराउँछ भन्ने सत्य समेत यस उपन्यासले छोडेको छ ।

लेखिएको कुरा पाइन्छ देखेको कुरा पाइदैन भन्ने सत्यलाई उजागर गर्दै उपन्यास प्रेम कहानीमा आधारित भएर पनि सामाजिक आदर्श र चरित्र निर्माण गर्ने अमृत ज्ञानकुण्ड भएर प्रस्तुत भएको छ । प्राकृतिक सौन्दर्यले ओतप्रोत नेपालको पर्यटकिय गन्तव्य रहेको स्थानको वर्णन गर्दै आधुनिक युग, भौतिक विलासिताले घेरिएर पनि सामाजिक मुल्य र मान्यता बुझेका सृजनाका पालुवाहरु कसरी आत्मविश्वासका साथ जीवन र जगतलाई आचरणयुक्त जीवन पद्दतिभित्र राख्न लगनशील हुँदा रहेछन्, उदारता र नम्रताले भरिएको निस्वार्थ सेवाधारी आत्मा हाम्रो समाजमा आफुलाई कसरी प्रदर्शन गर्न सक्षम हुँदारहेछन् त्यसको पर्दा प्रितम पात्रबाट उघारिएको छ ।

जीवनको गोरेटो र विवाह एउटा संयोगमात्र नभई यो पूर्व जन्मको पुण्य कर्मले ल्याएको सत्य रहेछ भन्नेकुरा पनि यहाँ दर्शाउन खोजेको पाइन्छ । यो जीवन छ त हामी छौं अहिले नगरे कहिले गर्ने साथै आज गरेपो भोली पाइएला भन्ने सन्देश दिदै यस उपन्यासले युवा जोस र जागरलाई आधुनिकता मात्र होइन नयाँ कुराको खोजी गर्दै अरुको प्रेरणा श्रोत बन्न उत्साह प्रदान गर्न खोजेको छ । कौतुहलता र जिज्ञासा बोक्दै अघि बढेको उपन्यास अब के होला रु अब के होला रु भन्दै अन्तमा हर्षको आँसु छछल्किएर यो उपन्यास टुंगिन पुगेको छ ।

झुट सबैभन्दा ठूलो सत्रु हो । अविश्वासबाट नै मानिसको जीवनले दुःख, कष्ट र गलत बाटो पकड्न बाध्य हुन्छ भन्दै हिनताबोध र कुन्ठाले नै मानिस वर्वाद हुन्छ भन्ने यथार्थ सत्य यसले दिन खोजेको छ । कोही बुझेर कोही नबुझेर पनि मानिस आफुले आफैलाई समस्या खडा गरी आफै वर्वाद हुन पुग्छ भन्ने कुरातर्फ सजग गराउँदै बेदना र छट्पटिभित्र लुकेको धैर्यताले नै जीवनलाई चरम आनन्द र प्रेमको सागरमा डुबुल्की मार्ने आधार हुन सक्छ भनि सन्देश प्रवाह गरेको छ ।

हिरा तुल्य जीवनमा लुकेको कस्तुरीको पहिचान गर्न यस उपन्यासले सबैलाई प्रेरणा दिन खोजेको छ । जीवन आफ्नो लागि होइन, अरुको लागि जिउन सिक्नुपर्छ भन्दै सेवा र समर्पणमा आधारित जीवन चरित्र नै आदर्श मानव व्यक्तित्वको पहिचान बन्न सक्छ भनि उपन्यासले देखाउन खोजेको छ ।

यी माथिका हामीले जेजति कुराहरु उद्गार र प्रस्ट्याउने जमर्को गर्यौं । वास्तवमा लक्कीचार्मलाई पढ्दा हाम्रा मनमा जागृत हुन पुगेका र केही उपन्यासका पात्रबाट गरिएका सम्वादले हामीलाई यो भन्न लगाएका हुन् । पाठक मित्र यो उपन्यास पल्लवीपछिको सबैभन्दा लोकप्रिय उपन्यास बन्ने कुरामा हामी निकै आशावादी छौं ।

किनकी यस उपन्यासले सत्य, धर्म, शान्ति, प्रेम अहिंसा बाकेर आफुलाई प्रस्तुत गरेको छ । बहुआयामिक प्रतिभाका धनी उपन्यासकार सविन प्रियासनको विचारले प्रवाहित भएको यो उपन्यास झरनाको कलकलाउँदो स्वच्छ पानी समथल भुभागमा नदी भएर सलल बगेर सबैलाई शुद्ध र पवित्र बनाउँदै अगाडी बढ्न सक्षम भएझै विचार सागरमा डुबुल्की मार्ने जो कोही र आदर्श चरित्र निर्माण गरी स्वच्छ र सुन्दरताको प्रतिमूर्ति भएर आफुलाई प्रस्तुत गर्न जोकोहीलाई पनि यसले सगुन साकार प्रेरणा दिन खोजेको छ । हामी यति भन्छौं ।

अन्तमा, बौद्धिक क्षमताका धनी उपन्यासकारको यो भूमिका अझ सशक्त र जुझारुपन बढाउँदै अगाडी बढोस्, सेवा र समर्पणमा आधारित सिर्जनाका नयाँ पालुवा पलाउँदै जाउन् यही शुभकामना राख्दै यो लेखको बिट मार्छु । अस्तु ।

Advertise with us