खानेपानी माग्दै गाग्री ठटाएर भैलो

प्युठान, कार्तिक । प्यु्ठानको मल्लरानी गाउँपालिका ३ चौरपानीबासीहरुले खानेपानीको समस्या भैलोबाट प्रस्तुत गरेका छन् । लामो समय सम्म खानेपानीको समस्या बाट पिडित बनेका स्थानीयले यसपालीको भैलोमा रित्ता गाग्री बजाएरै भैलो खेलेका हुन ।

Buddha International Hospital

Advertise with us

स्थानीय युवाको पहलमा खानेपानी समस्या हल गर्न तीनै तहको सरकारलाई दबाब दिन गाग्री प्रर्दशन गर्दै भैलो खेलिएको स्थानीय यूवा बासुदेव पोख्रेलले जानकारी दिनुभयो । साविक रुस्पुरकोट गाविसको खोला आसपासका सबै क्षेत्रमा बाहेक सबै स्थानमा खानेपानीको समस्या भोग्दै आएका स्थानीय यूवाहरुले चाडपर्वको समयमा गृहजील्ला पुगेर खानेपानीको समस्या सहनै नसक्ने देखेपछि भैलो कार्यक्रमको आयोजना गरी दबाब अभियान संचालन गरिएको पोख्रेलले बताउनुभयो ।

साविक रस्पुरकोट गाविसको बडा नम्बर ६,७,८ र ९ नम्बर बडामा खानेपानीको चरम अभाव भएको छ । स्थानीय स्तरमा रहेका खानेपानीको मुहान सुक्दै जाने थालेपछी अहिले चौरपानी र बिजुली गाउँका स्थानीयले एक गाग्रो पानी खण्टौ लाग्ने गरेको छ । करीव तीन सय ५० घरधुरी रहेको गाउँमा बर्षै पहिले खोपानीको सुविधा पुगेपनि तीन एक गाग्रो पानी एक घरलाई पुग्ने अवस्था छैन । नजिकै झिमरुक नदीमा पानी खेर गइरहदा मन अमिलो हुन्छ, आफ्नो गाउँमा पानी लिन घण्टौं हिड्नुपर्छ स्थानीय शिक्षक दुर्गाबहादुर थापाले भन्नुभयो ।

स्थानीय सरकारवाट मात्रै चौरपानीको खानेपानी समस्या हल नहुने भन्दै थापाले झिमरुक पानीबाट लिप्टीङ प्रवृद्धिबाट पानी ल्याउने सम्भावना भएपनि श्रोतको अभावमा पूरा गर्न नसकिएको स्थानीयको भनाइ छ । स्थानीय खानेपानी प्राविधिक विष्णु पौडेलले चौरपानीमा पानीको लागि लिप्टीङ प्रविधी नै उत्तम भएको बताउनुभयो । नजिक आसपासमा दिर्घकालिन रुपमा पानीको श्रोत नहुंदा झिमरुकको पानी फाल्ने प्रविधी नै उत्तम हुने भएपनि उक्त प्रविधि खर्चीलो हुने प्राविधिक पौडेल जानकारी दिनुभयो ।

स्थानीय यूवाहरुले यसपालीको भैलो र सामाजिक संजाल मार्फत आर्थिक संकलन अभियान पनि संगै अघि बढाएका हुन । चौरपानी खानेपानी फाउण्डेसन स्थापना गरेर संकलन भएको रकम खातामा जम्मा गर्ने उदेश्य यूवाहरुको छ । यूवाहरुलाई सबैको साथ रहेको र सामाजिक संजाल मार्फत हाल सम्म ४० हजार र भौलो मार्फत ५० हजार रकम संकलन गरेको स्थानिय यूवा युवराज पौडेलले जानकारी दिनुभयो ।

अहिले चाडपर्वमा घर आएका युवाहरुको पहलले धेरै सार्थकता पाएकोछ । हाम्रो अभियानलाई सम्पुर्ण जिल्ला तथा देश बासीको सहयोग भयो भने चौरपानीबासीले पिउनेपानी खोनपाउने थिए । स्थानीय सकृय यूवा रन्जन पौडेलले भन्नुभयो ।

Advertise with us