दाङमा आत्महत्या गर्नेहरुको संख्या बढ्दो

Advertise with us

दाङ, मंसिर २९ |  प्रदेश ५ का १२ जिल्लामध्ये दाङ्गमा आत्महत्याको डरलाग्दो तथ्य फेला परेको छ । तीमध्ये पूर्वी रुकुममा आत्महतया गर्नेको सङ्ख्या सबैभन्दा कम देखिएको छ । त्यस्तै, रोल्पा र अर्घाखाँचीमा पनि विगतको तुलनामा यो क्रम घटेको छ । पाल्पा, गुल्मी र प्युठान दाङ्गपछि बढी आत्महत्या गर्नेहरुको संख्या भएको जिल्ला बनेको छ ।

Buddha International Hospital

Advertise with us

ती जिल्लाहरुमा यो बर्षको गत साउन महिनादेखि मङंसिरसम्म २७ देखि ४० जना सम्मले आत्महत्या गरेका छन भने दाङ्गमा यहि अवधीमा ७० जनाले आत्महत्या गरेका छन् । बिहीबार एकैदिनमा तीन जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रमुख एसपी वेल पाण्डेले जानकारी दिए । ‘प्राय दिनमा एकादुई जना आत्महत्या गर्नेहरु जिल्लामा रहेका छन्’, एसपी पाण्डेले भने– ‘श्रावणदेखि आजको मिति सम्म ७० जनाले आत्महत्या गरेका छन् । विगतको र अन्य जिल्लाको तुलनामा यो संख्या डरलाग्दो तथ्य हो ।’

उनका अनुसार साउन महिनामा १७ जनाले आत्महत्या गरे । भदौंमा ९, असोजमा १२, कातिकमा २२ र मंसिरमा १० जनाले आत्महत्या गरेका छन् । तीमध्ये ४६ जनाले झुण्डिएर आत्महत्या गरेका हुन् भने २४ जनाले बिष सेवन गरेर आत्महत्या गरेका हुन् ।

 

७० जनामा ३७ जना महिला र ३३ जना पुरुष छन् । आत्महत्या गर्नेहरुमा बढिजसो विवाहित रहेका छन् । ७० जनामाा ५४ जना विवाहित महिला र पुरुषले आत्महत्या गरेका छन् भने अविवाहित १६ जनाले आत्महत्या गरेका छन् । त्यस्तै आत्महत्या गर्नेमा २४ देखि ४४ बर्ष उमेर समुहका रहेका प्रहरीले जनाएको छ । त्यससमुहका २८ जनाले आत्महत्या गरेका छन् । १५ वर्षदेखि २४ वर्ष उमेर समुहका ११ जनाले आत्महत्या गरेका छन् भने ४४ देखि ६४ बर्ष उमेर समुहका २१ जना छन् ।

६५ बर्ष भन्दा माथिका उमेर भएका ४ जनाले आत्महत्या गरेका छन् । यस्तै, रुपन्देहीका प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतका अनुसार जिल्लामा ५ महिनाको अवधिमा २७ जनाले आत्महत्या गरेका छन् । बस्नेतका अनुसार साउनमा ८, भदौमा ५, असोजमा ८, कातिकमा ४ र मङ्सिरमा २ जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये महिला १० र पुरुष १७ जना छन् । आत्महत्या गर्नुको कारण गरिबी र अभाव कारक हुनसक्ने प्रहरीको अनुमान छ ।