यूएनविसीको ह्याट्रिक


घोराही,२९ मंसिर । नवलपुर कप फुटबलले दिनप्रतिदिन दर्शकहरु माझ उत्साह बाढ्दै गैरहेको छ । स्व.केशरसिंह श्रेष्ठको स्मृतिमा भैरहेको नवलपुर कप फुटबलको तेश्रो दिन शनिबार बिहान भएको नवलपुर युवा क्लब र किसान जागृत ढिकपुर बीच भएको खेल ड्र भएको छ ।

Buddha International Hospital
Advertise with us

खेलको हाफ टाइम सम्म दुवै पक्षबाट कुनै गोल नभए ता पनि हाफ टाइम पछिको खेलमा किसान जागृतले एक मिनेटको फरकमा नवलपुर युवा क्लबलाई दुई गोल हान्न सफल भएको थियो भने खेलको क्रममा नवलपुर युवा क्लबले पनि किसान जागृत ढिकपुरको विरुद्ध दुई गोल हानी खेललाई बराबरीमा ल्याएको नवलपुर कप प्रतियोगिताका फोर्थ अफिसियल सन्देश श्रेष्ठले बताउनु भयो ।

किसान जागृत ढिकपुरका जर्सी न. १९ का एरोन रोका र ७ न. जर्सीका जीवन रोकाले एक-एक गोल गरी जम्मा दुई गोल गरेका थिए । साथै नवलपुर युवा क्लबका जर्सी न. ४ का निरज जिसी र जर्सी न. ९ का नारायण राना मगरले एक-एक गोल गरी जम्मा दुई गोल गरेका थिए । दुवै पक्षले २-२ गोल हानी खेल बराबरीमा टुंगिएको छ ।

त्यसैक्रममा दोश्रो खेलमा घोराहीको युएनविसीले सन स्टार रोल्पालाई १-३ ले पराजित गरेको छ । यूएनविसीका जर्सी न.१० का रुपक शाहीले लगातर ३ गोल गरी ह्याट्रिक गरेका छन भने सन स्टार रोल्पाका जर्सी न.१२ का सन्तोष थापाले एक गोल गरेका हुन ।

प्रतिष्पर्धी खेलमा यूएनविसीले राम्रो खेलको प्रदर्शन गरेको थियो । त्यसैगरी तेश्रो खेलमा एसएसएफएका विरुद्ध सक्सेस तुल्सीपुरले ०-१ ले विजयी भएको छ । सक्सेस तुल्सीपुरका जर्सी न. ३ का मोहन रावतले एसएसएफएका विरुद्ध एक गोलगरी विजयी भएको हो । प्रतियोगिताको चौथो दिन आईतबार दुईवटा खेल हुने छन ।

आईतबार दिउँस १ बजे देखि हुने पहिलो खेलमा न्यु स्टार नारायणपुर र किसान जागृत ढिकपुर भिड्ने छन भने दोश्रो खेलमा राप्ती क्लब र नवलपुर युवा क्लब भिड्ने नवलपुर युवा क्लबका अध्यक्ष दीपक पुनले जानकारी दिनुभयो ।

Advertise with us