खोलाको पानी पिउछन् नाकाबासी

 

Buddha International Hospital

दिवाकर पोख्रेल

Advertise with us

देउखुरी, कातिक । भारतसंग सिमा जोडिएको दाङको नाका क्षेत्रमा पानीको समस्या शुरु भएको छ । अहिले नाकाबासीले कपडा धुने र खानेपानी एकै ठाउँको प्रयोग गर्दै आइरहेका छन् । २०६५ सालमा दाङका नाकाबासीहरुको आन्दोलन पछि सरकारले नाका क्षेत्रमा आधारभुत सेवा सुविधा पु¥याउने प्रयास भौगोलिक बिकट्ताले पनि असर गरेको छ ।

दाङको राजपुर गाउँपालिको अधिकाश क्षेत्र नाका क्षेत्र पर्ने भएपनि नाकाबासीहरुले खोलाको फोहोर पानी पिउन बाध्य भएको नाका क्षेत्रका जानकार भिम ओलीलले जानकारी दिनुभयो । खानेपानीको लागि सरकारले गरेको प्रयास पनि पूर्ण रुपमा सफल हुन सकेको छै्रन, पछिल्लो समय भएका पानीका महुना सुकेपछि सबैजसो नाकाली जनता खोलाको पिउन बाध्य छन् । ओलीले भन्नुभयो ।

पछिल्लो समय पानीका मुहान सुक्ने समस्याले पहिले ट्याङकी बनाएर पानीको श्रोत संरक्षण गर्ने प्रयास सफल नभएको नम्बर ६ खाङग्रा नाका निवासी बर्तमान रोकाले बताउनुभयो । पानीको श्रोत बचाउन खोजेका हौं,मुहान सुक्ने र भएका मुहानवाट ल्याएको पाइप नै खोलाले भत्तकाउने गर्दा समस्या थपिएको छ । रोकाले भन्नुभयो । प्राय सबै जसो नाका गाउँबाट एक गाग्रो पानी ल्याउन घण्टौँ समय लाग्ने गरेको छ । घण्टौ समय लागेर पानी पनि खान पर्दा नाकाबासी चिन्तीत भएका छन । पानी ज्यादै महत्वपूर्ण रहेछ, नखाएर पनि भएन एकै ठाउँमा धुने र खाने भएको छ स्थानीय धनवहादुर गुरुङले भन्नुभयो ।

नाका क्षेत्रमा पानीको मुहान संरक्षण गरि पानीको सुविधा पु¥याउन स्थानीइ सरकारले पनि प्रयास गरेको छ । राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष श्यामवहादुर रोकाले गत आर्थिक बर्षमा केहि रकम खानेपानीको लागि विनयिोजन गरेर काम गरेको भएपनि खोलाकै पानीमा निर्भर हुंदा बर्षामा भेलले बगाउँदा समस्या भएको बताउनुभयो । वडावाट र गाउँपालिकावाट मात्र नभइ केन्द्रिय बजेटवाट बृहत खानेपानीको योजना नाका क्षेत्रमा संचालन हुनुपर्ने अध्यक्ष रोकाले बताउनुभयो ।