जन्मदिनमा अपांगता भएका रोकालाई सहयोग

फोटोः रीता लामा

घोराहीबाट प्रकाशन हुदै आइरहेको गोरक्ष राष्ट्रिय दैनिककी प्रकाशक सुलोचना गौतमले आफ्नो जन्म दिनको उपलक्ष्यमा अपांगता भएका व्यक्ति महावीर रोकालाई खाद्यन्न सहयोग गरेकी छन ।

Buddha International Hospital
Advertise with us

पत्रिकाकी प्रकाशक गौतमले रोका बस्दै आएको घोराही १५ काठेकोहल स्थित घरमै पुगेर सहयोग प्रदान गरेकी हुन । गौतमले पुनलाई चामल, नुन, तेल, भुजा, चिनी, चिउरा प्रदान गरेकी थिइन भने अपांग रोकाको छोरीलाई कलम र कापी पनि दिएकी थिइन ।

फोटोः रीता लामा

आर्थिक अवस्था विपन्न रहेका रोका घर बनाउने काम गर्दै गर्दा दुर्घटनामा परेर अपांग बन्न पुगेका थिए । उनको दुवै खुटटा चल्दैनन भने उनकी श्रीमती पनि छैनन । हाल रोका काठेकोहल स्कुल नजिक एक कच्ची घरमा भाडामा बस्दै आएका छन । उनका एक छोरा र एक छोरी पढ्दै छन ।