आगलागीपछि राहत उद्धार

आगलागी भएको खबर प्राप्त भएपछि बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष यमुना घर्ती मगरको नेतृत्वमा राहत टोली २८ गते अपरान्ह ४ बजे घटनास्थल पुगेको थियो ।

Buddha International Hospital

Advertise with us

त्यसको एक घण्टापछि नेपाल मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुन मगरको नेतृत्वमा पनि राहत लिएर एक टोली घटनास्थलमा पुगेको थियो ।  बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष युमना घर्ती मगर, वडा नम्बर ८ का वडाध्यक्ष गिरीराज बाँठा मगर, वडा सदस्य ईमानसिंह खड्काले किरियाका लागि प्रतिब्यक्ति पाँच हजारका दरले १५ हजार नगद, ५० किलोग्राम चामललगायत विभिन्न भाँडाबर्तन, तरकारी सहयोग गरेको छ ।

त्यसैगरी नेपाल मगर संघ दाङले पनि चामल, तेल, दाल, नून, सिरक डसना भाडाबर्तन सहयोग गरेको छ । नेपाल मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुन मगर, सचिब मुक्त बुढा मगर, नेपाल फुटबल संघ दाङका महासचिब नरेन्द्र पुन मगर, पत्रकार प्रेमबहादुर राम्जासहित राहत लिएर जानु भएको थियो । अठार मगरात खामपाङ भाषा समाज केन्द्रीय कार्यालय घोराहीका अध्यक्ष चन्द्रज्योति बुढा मगरले गाडी ब्यबस्थापन गर्नुभएको थियो ।