हेर्दाहेर्दै आँखै अगाडि सन्तान खरानी, चाहेर पनि उद्धार गर्न सकिन

Advertise with us

गुरासे, २९ मंसिर । बंगलाचुली गाउपालिका—८ गुरासे की २५ बर्षीया जीवना पुनका लागि मंसिर २७ गतेको बेलुकी जीवनमै भुल्न नसक्ने क्षण बन्यो । एक बर्ष चार महिनाका काखे छोरा बिबेक पुन बिरामी भएकाले झारफुक गर्न जाँदै गर्दा घरमा आगो लाग्यो ।

Buddha International Hospital

झारफुकका लागि हिड्नुभएकी जीवना धामीसम्म पनि पुग्न सक्नुभएन । घरमा आगो लागेको देखेपछि हामफाल्दै घरै अगाडि आउनु भयो तर कसैलाई बचाउन सक्नुभएन । आगो लागेको हल्ला चलेपछि केही गाउँले त आए तर आगो नियन्त्रणभन्दा पनि जीवनालाई बचाउन हम्मेहम्मे भयो ।

गुरासे गाउँमा मुस्किलले १२ घर छन् त्यो पनि छरिएका । फुसको छानो भएको घरमा सोलारको ब्याट्रीबाटै आगलागी भएको अनुमान गरिएको छ । आगो लागेपछि घरको माथिल्नो तलामा सुतेका ७ बर्षीय कृष्णबहादुर पुन, ४ बर्षीय अस्मिता पुन र दुई बर्षीया अञ्जली पुनलाई बचाउन सक्नुभएन ।

जीवनाका श्रीमान २८ बर्षीय नवराज पुन कमाउनका लागि मंसिरको साता भारत जानुभएको छ । गाउँलेहरुले नवराजलाई सबै बेली बिस्तार लगाएका छैनन् घर बिग्रीएकाले छिट्टै घर आउन खबर पठाएका छन् । नवराज भारतबाट घर फर्किएको आफन्तले बताएका छन् ।

आगलागी भएको खबर पनि त्यहाँ रहेका छिमेकी महिलाहरुले बाहिर बस्ने आफन्तलाई फोन गरेपछि घटना बाहिर आएको थियो । २७ गते बेलुकी ६ बजे लागेको आगो २८ गतेसम्म बलीरहेको थियो । आगलागीबाट सात वटा बाख्रा एक हल गोरी र एक गाई मरेका छन् । आगो लागेपछि एउटा गोरुले तीन वटा दाम्ला छिनालेर बचेको छ । त्यसबाहेक जीवनाका आफन्तहरुले दुई वटा बाख्राका बच्चा बचाएका छन् । तर, आगो नियन्त्रण गर्नेहरुले अन्न लत्ताकपडा बचाउन सकेनन् ।

जीवनाका श्रीमान् मात्रै होइन गुरासेका सबै पुरुषहरु कोही पनि घरमा छैनन् । जीवनाका जेठाजु घरमै भए पनि २७ गते गोरु किन्न ससुराली गएका थिए । गाउँमा अरु दुई जना पुरुष छन् उनीहरु राम्रोसंग हिड्न सक्दैनन् । अरु पुरुष यो समयमा कमाउन जाने भएपछि गाउँ पुरुषबिहीन रहेको छ । जसले गर्दा जीवनाले चाहेर पनि सन्तान मात्रै होइन केही सम्पतिको संरक्षण आफ्नै आँखा अगाडि खरानी हुदा पनि केही गर्न सक्नुभएन ।

आगलागी भएको १८ घण्टापछि जिल्ला प्रहरी कार्यालय दाङको टोली घटनास्थल पुगेको थियो । प्रहरी टोली घटनास्थल पुग्दा सबै बिती सकेको थियो । सान्त्वना र साहस दिन बाहेक प्रहरीका लागि अरु केही उपाय थिएन । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी रामप्रसाद घर्ती मगरको नेतृत्वमा गएको टोलीले तीन सन्तानको हारखोर संकलन तथा बलीरहेको आगोलाई नियन्त्रण गरेको थियो ।

आगलागी बारे जीवनाको बयान
रात परेको थियो । तीन छोराछोरी र मैले खाना खायौँ । सानो छोरा बिरामी थ्यो । मैले तीन छोराछोरीलाई सत भने । उनीहरु सुत्न माथि गए । म बाबुलाई झारफुक गरेर आउँछु राम्रोसंग सुत हैँ भने छोरी हुन्छ भनी र सबै माथिल्लो तलामा गए ।

म निस्कीनै लाग्दा ढोका लगाएको थिएन । मैले छोराछोरीलाई ढोका लगाउ भने नानी आएर ढोका लगाई सायद चुक्कुल पनि लगाई पछि उद्धारका लागि ढोका खोल्दा खोल्न नै मस्तै दुख भयो । त्यसपछि म घरदेखि माथितिर लागे । जेठाजुको घरतिर जान लाग्दा आधो बाटो हिडेको थिए । एउटा ठूलो आवाज आयो मैले के भयो भनेर घरतिर फर्केर हेर्र्दा आगो लागेको थियो ।

घर सबै काठैकाठले बनाएको छ । तमाईले पनि देख्नुभएको छ । सबै जलेका छन् । मेरा बच्चाबच्चीलाई बचाउन धेरै दुख पनि गरे तर बचाउनै सकिन (मलिन अनुहारमा) सबै मेरै आँखा अगाडि खरानी भयो मेरो केही जोर चलेन । पछि के भयो भन्नै सक्दिन ।

सभार :बबई खबर

Advertise with us