प्रभावकारी बन्दै, पकेट, ब्लक, जोन र सुपरजोन

रीता लामा

नेपालको संविधानले खाद्य सम्बन्धि हकलाई मौलिक हकको रुपमा स्थापित गरिसकेको छ । दिगो आत्मनिर्भरता एवम व्यवसायीक कृषि क्षेत्रको परिकल्पना सहित कृषि विकासको २० बर्षे रणनीति समेत तयार भैसकेको छ ।

Buddha International Hospital

 

Advertise with us

बढ्दो आयात र घट्दो निर्यातले चुलिदै गएको व्यापार घाटाले कृषिमा आश्रित नेपालको समग्र अर्थतन्त्र नै धरासायी बन्दै गएको भन्दै सरकारले कृषिमा नयाँ सोचको सुरुवात गरेको छ ।


देशको युवा शक्तिको बढ्दो विदेश पलायनले श्रमशक्तिको अभाव खेतियोग्य भुमि बाझो हुन थाले पछि सरकारले प्रधानमन्त्रि कृषि आधुनिकिरण परियोजना नाम दिएर कृषि कार्यक्रमलाई नयाँ ढङ्गले संचालन गर्न सुरु गरेको थियो । जुन परियोजनामा कृषि उपज उत्पादनलाई पकेट, ब्लक, जोन र सुपर जोन नाम दिएर संचालन गरिएको छ ।

प्रधानमन्त्रि कृषि आधुनिकिरण परियोजनाका अनुगमन योजना अधिकृत गोविन्दप्रसाद शर्मामा अनुसार तोकिएको पुर्वाधार भएको र निश्चित बालिमा निश्चित क्षेत्रफलमा संचालन भएको कृषि उत्पादन केन्द्रलाई पकेट, ब्लक, जोन र सुपरजोन भनि निर्धारण गरिएको छ । जसमा एकै क्षेत्रमा १० हेक्टर भन्दा माथि क्षेत्रफलमा गरिएको उत्पादनलाई पकेट, १०० हेक्टर भन्दा माथिलाई ब्लक, ५०० माथिलाई जोन र १००० भन्दा माथि क्षेत्रफलमा गरिएको उत्पादन केन्द्रलाई सुपर जोन भनिएको छ ।

अहिले देशभर ३३ सय ४८ पकेट, २ सय ७८ ब्लक, ७० वटा जोन र १४ वटा सुपर जोनहरु संचालनमा छन । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाले १० बर्ष भित्र देशभर दश हजार पकेट, १५ सय ब्लक, ३०० जोन र २१ वटा सुपरजोन बनाउने लक्ष्य लिएको परियोजना अधिकृत शर्माले जानकारी दिनुभयो ।

गत आर्थिक बर्ष देखि संचालनमा आएको प्रधानमन्त्रि कृषि आधुनिकिरण परियोजना अन्र्तगत दाङमा पनि पकेट, ब्लक, जोन र सुपरजोनहरु संचालनमा छन । कृषि ज्ञान केन्द्रका सुचना अधिकृत भरत पौडेलका अनसार हाल दाङमा ७४ वटा पकेट, पाँच वटा ब्लक, एउटा जोन र एउटा सुपरजोन संचालनमा छन । गत आर्थिक बर्षमा तत्कालिन जिल्ला कृषि विकास कार्यालयले संचालन गरेको परियोजना चालु आर्थिक बर्ष देखि स्थानिय तहको जिम्मेवारीमा पुगेको छ । जिल्लामा संचालित पकेट क्षेत्रहरु जिल्ला भरी नै छरिएर रहेको उहाँले जानकारी दिनुभयो ।

जसमा हाल संचालनमा रहेका पकेट क्षेत्रहरुमा धान, मकै, गहु, तोरी, माछा, तरकारी आदिएको उत्पादन भैरहेको छ । पकेटको लागि सरकारले कृषि समुह, व्यक्तिगत एवम सामुहिक फम, प्रालि, कृषि सहकारी मार्फत स्थानिय किसानलाई मेशिनरी औजार, यन्त्र, उपकरण, साना सिचाई, साना पुर्वाधार विकास जस्ता कार्यमा सहयोग गरिरहेको उहाँले बताउनुभयो । यस्तै उन्नत खालका विउ, वेर्ना, विरुवा, माछाका भुराहरु पनि सहयोग गरिरहेको र स्थानिय किसानलाई स्थलगत तालिम दिने काम गरिरहेको उहाँले बताउनुभयो ।

हाल दाङमा संचालनमा आएको पकेट क्षेत्रको लागि पनि परियोजनाले उत्पादन सामाग्री, कृषि यन्त्र, साना सिचाई, प्रविधि र प्राविधिक सहयोग गरिरहेका छ । अहिले जिल्लाको घोराही क्षेत्रमा धान, देउखुरी क्षेत्रमा माछा, तुलसीपुर क्षेत्रमा मौरी र शान्तीनगर गाउँपालिकामा तोरीको ब्लक संचालनमा छन । त्यस्तै घोराहीका विभिन्न वडाहरुलाई पनि तरकारीको ब्लकको रुपमा संचालनमा ल्याइएको छ । जोनको रुपमा पश्चिम दाङका शान्तीनगर, ववइ र दङ्गिशरण गाउँपालिकामा तोरीको जोन कार्यक्रम थालिएको छ । भने मकैको सुपर जोन देउखुरी क्षेत्रमा हाल संचालनमा छ । जो सफल पनि छ ।

कृषि ज्ञान केन्द्रका अनुसार कृषिलाई एकिकृत गरि पकेट, ब्लक, जोन र सुपर जोनको रुपमा संचालन गर्दा कृषकहरुको उत्पादनले बजार र मुल्य दुवै पाउने गरेका छन । यस्तै सरकारले पनि किसानहरुलाई एकद्धार प्रणाली मार्फत आर्थिक, विउविजन, प्रविधि, विषय विज्ञ र प्राविधिक सहयोगको लागि सहज हुने अधिकृत पौडेलले बताउनुभयो ।

‘परियोजना लागु भए पछि टुक्रे खेति गर्ने कृषकहरु व्यवसायीक भएका छन ।’ उहाँले भन्नुभयो ‘कृषक व्यवसायीक भए पछि एकै स्थानमा धेरै उत्पादन हुने र किसानको बार्गेनिङ पावर पनि बढेको छ ।’ परियोजनको सहयोग मार्फत किसानका उत्पादनहरु संकलन, भण्डारण र बजारसम्म पु्याउन पनि सहज भएको उहाँको अनुभव छ । परियोजनाले कृषकको उत्पादनलाई प्रसारप्रसारमा पनि टेवा पु¥याएको उहाँले दावि गर्नुभयो ।

परियोजनाले कृषि भुमिको बैज्ञानिक उपयोग, आधुनिक कृषि प्रविधिको प्रयोग, कृषिलाई यान्त्रिकिकरण गर्न, कृषि उपजको प्रशोधन तथा बजारीकरण, कृषी अनुसन्धानमा पनि सहयोग गरिरहेको छ ।