दीपक जीएम ” आर्जव “
आमा ! कंहा गयौं मलाई एक्लो छोडी
यो बिरानो सहरमा किन बनायौ बेवारिसे ।
जीवनका प्रत्येक पाइलाहरुमा साथ दिन्छु भन्थ्यौ
तर आज अन्जान सरी गयौं सबै नाता तोडी ।।
आमा ! जन्मायौ हुर्कायौ दस धारा दुध पिलायौ
ताते-ताते गराउँदै यो धर्तीमा जीउन सिकायौ ।
जीवनका हरेक मोडमा साथ दिने बाचा गरेको थियौ
तर आज किन मलाई पलभर मै बिरानो बनायौ ।।
आमा ! सुन न मलाई तिम्रो सार्है सम्झना आउँछ
घरी-घरी तिम्रो यादले मलाई रुन मन लाउँछ ।
घर जान्छु ,सबैले मलाई बेवास्ता गरे झै लाग्छ
अनि तिम्रो कमी महसुस हुन्छ आमा ! रुंदै मनलाई बहलाउछु ।।
आमा ! थाहा छ कुनै दिन छैन त्यस्तो मैले तिमीलाई नसम्झिएको
कुनै रात छैन त्यस्तो मैले तिमीलाई सम्झेर नरोएको ।
दिनहरु त जसोतसो कटी नै रहेको छ
तर आमा ! यी काला रातहरुलाई म के गरु ,जसले मलाई पल-पल आभाष गराउँछ की म कतिसम्म एक्लो छु ।।
आमा ! के मलाई तिमीसँगै तिम्रो संसारमा लैजान्छौ
के मलाई आफ्नो न्यानो अंगालोमा कहिले नछुट्टिने गरी टास्छौ ।
मिल्छ भने यो पापी संसारबाट मलाई मुक्त गराई देउ
तिमी बिनाको यी अँध्यारा वर्ष त कटे,
हे भगवान म माथी यति उपकार गर मेरो जीवनको दियो निभाई देऊ ।।