नवलपुर र ढिकपुरको खेल ड्र

 

घोराही,२९ मंसिर । नवलपुर कप फुटबलले दिनप्रतिदिन दर्शकहरु माझ उत्साह बाढ्दै गैरहेको छ । स्व.केशरसिंह श्रेष्ठको स्मृतिमा भैरहेको नवलपुर कप फुटबलको तेश्रो दिन शनिबार बिहान भएको नवलपुर युवा क्लब र किसान जागृत ढिकपुर बीच भएको खेल ड्र भएको छ ।

Blog Post Ad

Blog Post Ad

खेलको हाफ टाइम सम्म दुवै पक्षबाट कुनै गोल नभए ता पनि हाफ टाइम पछिको खेलमा किसान जागृतले एक मिनेटको फरकमा नवलपुर युवा क्लबलाई दुई गोल हान्न सफल भएको थियो भने खेलको क्रममा नवलपुर युवा क्लबले पनि किसान जागृत ढिकपुरको विरुद्ध दुई गोल हानी खेललाई बराबरीमा ल्याएको नवलपुर कप प्रतियोगिताका फोर्थ अफिसियल सन्देश श्रेष्ठले बताउनु भयो ।

किसान जागृत ढिकपुरका जर्सी न. १९ का एरोन रोका र ७ न. जर्सीका जीवन रोकाले एक-एक गोल गरी जम्मा दुई गोल गरेका थिए ।

साथै नवलपुर युवा क्लबका जर्सी न. ४ का निरज जिसी र जर्सी न. ९ का नारायण राना मगरले एक-एक गोल गरी जम्मा दुई गोल गरेका थिए । दुवै पक्षले २-२ गोल हानी खेल बराबरीमा टुंगिएको छ ।

त्यसैक्रममा शनिबार दिउँस घोराहीको यूएनविसी र सन स्टार रोल्पा भिड्ने छन् । साथै एसएसएफएच र सक्सेस तुल्सीपुर भिड्ने नवलपुर युवा क्लबका अध्यक्ष दीपक पुनले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *