अन्ततः किन आन्दोलन गर्दैछ शिक्षक संघले ?

सोमवारदेखि नै कडा आन्दोलनका कार्यक्रम शुरु गरिने

दाङ, भदौ १ । नेपाल शिक्षक संघ दाङले सत्ता र सत्तारुढ दलको इच्छा पुरा गर्न आस्थाको आधारमा संघमा आवद्ध शिक्षकहरुलाई भेदभाग गरी सरुवा, प्रधानाध्यापक नियुक्ति लगायतका सेवा सुविधाबाट बञ्चित गर्ने गरी दाङमा काम अघी बढेको भन्दै आन्दोलनमा जाने निर्णय गरेको छ ।

नेपाल शिक्षक संघ दाङका अध्यक्ष युुवराज बस्नेत र सचिव प्रकाश डाँगीले आज आइतवार एक बिज्ञप्ति निकालेर जिल्ला शिक्षा बिकास बिकास समन्वय इकाइ, गाउँ र नगर शिक्षा समितिहरुले नेपाल शिक्षक संघका आवद्ध भएका शिक्षकहरुलाई भेदभाव हुने गरी काम गरेको प्रमाण आफूहरुलाई प्राप्त भएको भन्दै त्यस्ता कार्यको बिरुद्ध कडा आन्दोलन गर्ने निर्णयमा पुुगेको बताउनुु भएको छ ।

सत्ताको आडमा थालिएका यस्ता दुराग्रहीपूर्ण गतिबिधिहरु प्रति आपत्ती र खेद प्रकट गर्दै शिक्षा जस्तो अति संवेदनसील र राजनितिबाट मुक्त रहनुपर्ने क्षेत्रमा चरम राजनितिक हस्तक्षप नगर्न बिज्ञप्तिमा सजक गराइएको छ । शिक्षा क्षेत्रमा हुने राजनितिक हस्तक्षेपले शिक्षा प्रमीहरुलाई आश्चर्यचकित पारेको भन्दै बिज्ञप्तिमा यस्ता बिकृति र बिसंगतिहरुलाई अन्त्य गर्न जस्तो सुकै कडा कदम चाल्न पनि नेपाल शिक्षक संघ तत्पर उल्लेख गरिएको छ ।

हस्तक्षेका बिरुद्ध बिरोध कार्यक्रमहरु गर्न बाध्य भएको जानकारी गरादै बिज्ञप्तिमा आफूहरुको बिरोध कार्यक्रमहरुले शिक्षा क्षेत्रमा देखापर्ने असुविधाहरुप्रति सम्वन्धित पक्ष नै जवाफदेहि हुनुपर्ने उल्लख गरिएको छ । आफूहरुको सशक्त बिरोधमा सक्रिय रुपमा सहभागि हुन नेपाल शिक्षक संघमा आवद्धमा सम्पूर्ण शिक्षकहरुलाई अपिल गरेको छ ।