यो साता तपाईको भाग्य यस्तो छ

युवा ज्योतिषी तथा वास्तुशास्त्री – मुस्कान खनाल
केन्द्रिय सदस्य दक्षिण एशियाली ज्योतिष महासंघ
कुण्डली भाग्य
घोराहि दाङ्ख
सम्पर्क : ९८५११९३९६४, ९८२२८५०७३५

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ 
यो साता सवारी साधनमा यात्रा गर्दा र हातहतियारको प्रयोग गर्दा सतर्क रहनु बेस हुन्छ । धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन । मंगलबारपछि भाग्यमा पुगेको चन्द्रमाले धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा दिलाउने छ । पहिले रोकिएका कामहरु बन्ने योग रहेको छ । कर्मप्रति लगनशील भइनेछ । पारिवारिक स्थिति सुध्रने छ । आमाबुवाको स्वास्थ्यमा सुधार आउने छ । साताको अन्त्यमा कतै व्यवसायिक प्रयोजनको लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । प्रतिस्पर्धी परास्त हुनेछन् । सामाजिक कार्यबाट प्रशंसा प्राप्त हुनेछ ।

बृष –इ, उ, ए, ओ, बा, बि, बु, बे, बो 
व्यवसायीहरुलाई आर्थिक लाभ हुनेछ । पारिवारिक जीवन सामान्य रहने छ । इच्छाएको जिम्मेवारी प्राप्त हुनसक्छ । खानपान, आनन्द र रमणीयताकालागी समय र धन खर्च हुन सक्छ । मंगलवार र बुधवार राम्रो समय रहने छैन, जुनसुकै काम ढिलो गरी कार्यसम्पादन हुनेछ । अनावस्यक यात्रा हुनसक्छ । कुनै गोप्य विषय वा मानसिक समस्याले सताउन सक्छ । दैनिक व्यवहारमा पनि किसिम किसिमका समस्या आइलाग्ने छन् । उता साताको अन्त्यमा धार्मिक स्वभाव र परोपकारी भावना जागृत हुनेछ । अप्रत्याशित काम बन्ने योग छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
राम्रो साता छैन, स्वास्थ्यमा अचानक समस्या देखिने छ । काम गर्दा विवाद, झै– झगडा र चिडचिडेपन बढ्नेछ । आफन्त र सहयोगीले मनका भवना बुझी दिंदैनन् । अनावस्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । आर्थिक समस्याले सताउने छ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा खिन्नता बढ्नेछ । साताको मध्यभाग उत्तम छ, शुभ समाचार आउने छ । प्रतिद्वन्दी र शत्रुहरु किनारा लाग्नेछन्, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विपरीतलिंगी साथीबाट सहयोग मिल्नेछ । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । यद्यपि साताको अन्त्यमा मन भुलाउने उपायको प्राप्ति हुनेछ । पारिवारिक समस्यालाई हल गर्न तल्लीन हुनुपर्ने छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो 
यो साता तपाईले जे गरे पनि आपm्नै बुद्धि खियाएर अघि बढ्नु पर्ने समय छ । बौद्धिक र लेखनकार्यमा सफलता मिल्ने योग छ । तपाईका कामको मुल्यांकन हुनेछ । आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । समय चुनौती र परीक्षणका रुपमा देखा परेको भए पनि बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आवेग र रिसराग भढ्ने छ र आफ्नै कारणले सहयोगी हातहरु प्छि हट्न सक्छन भने शत्रुले छवि बिगार्ने प्रयास गर्नेछन । जीवनसाथीसंगको सम्बन्धमा समेत नकारात्मकता देखिन सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे 
साताको प्रारम्भमा घरयारी कामधन्दा र अभिभावक वा बृद्धबृद्धाको सेवासुश्रुषमा समय व्यतीत हुनेछ । पैतृक सम्पत्ति वा घरयासी लेनदेनका विषयमा छलफल हुनसक्छ । परिवारमा सदस्यहरुका माझमा मतभेत हुनसक्छ । सानो गल्तीको सजाय विकराल हुनसक्छ । तर मंगलवारपछि साताको बाँकी समय उत्साहबद्र्धक रहने छ । बन्धुवान्धव र इष्टमित्रबाट सहयोग जुटाउन सकिनेछ । उता साताको अन्त्यमा खासगरी व्यक्तिगत स्वास्थ्यप्रति सचेत हुनुपर्छ । पाचनप्रणाली र नसासम्बन्धी रोगीहरुले दुःख पाउने समय छ । मनमा आवेग र क्रोध सवार भइदिने छ । मनमा विलासिताका भावनाहरु जागृत हुनेछन् ।

कन्या –टो, प, पि, पु, ष, ण, ठ, पे, पो 
मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने साता छ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित हुनुहुनेछ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रोकिएका काम समेत सम्पादन हुनेछन् । पढाइमा पनि राम्रै प्रगति हुनेछ । व्यवहारीक र कामाजिक जिम्मेवारी थपिनेछ । तर मंगलवार र बुधवार आफूले ताके अनुरुप काम बन्ने छैन । मातपिता र मान्यजनको स्वास्थ्यमा उतारचढाव आउन सक्छ । घरभित्रका झिनामसिना काममा धेरै मिहिनेत गर्नु पर्नेछ ।

तुला – र, रि, रु, रे, रो, ता , ति, तु, ते 
धनधान्य र सुखसम्मृद्धि जुटाउन तल्लीन हुनुपर्ने समय चल्दैछ । आर्थिक क्षेत्र सवल रहने छ । स्वास्थ्यमा सकारात्मक संकेत देखिने छ । बन्दव्यापारबाट राम्रो फाइदा हुनेछ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक कृयाकलापमा सहभागी हुने अवसर जुट्नेछ । जिम्मेबारी वहन गर्नु पर्नेछ । वैदेशिक क्षेत्रबाट लाभ हुनेछ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा सुधार आउने छ । ढिलै भए पनि तपाईले भने जसरी नै काम सम्पन्न हुनेछ, तर साताको अन्त्य अनुकुल रहने छैन । घरयासी समस्याका कारण घरबाहिर जानुपर्ने सम्भावना देखिन्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । अभिभावक वा बृद्धबृद्धाको आशीर्वाद लिन सकेमा भाग्यबल बढ्ने संकेत छ ।

बृच्छिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु 
नयाँ योजना कार्यान्वयन गर्ने र दीर्घकालीन योजना बनाउने साता छ । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास अनुकूल हुनेछ । कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ । गहना कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ हुनेछ । कार्य सफलताको योग रहेको छ । पुराना साथीभाइसँग भेटघाट र रमाइलो यात्रा हुन सक्छ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मान सम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । दीर्घकालिन योजनाका लागि कुनै काम गर्ने मुडमा हुनुहुन्छ भने यो साता जसरी भएपनि प्रारम्भ गर्नुहोला ।

धनु– ये, यो, भ, भि, भु, ध, फा, ढ, भे 
यो साता मन उत्ताउलो र अधैर्य बन्नसक्छ । आर्थिक पक्ष कमजोर छ । बन्दव्यापार र पेशा व्यवसायमा केन्द्रित हुन सकिंदैन । त्यस्तै श्रममूलक काम र कृषिक्षेत्रबाट पनि खासै उपलब्धी हुनेछैन । लामो दुरीको यात्रामा निस्कनु राम्रो हुँदैन । नयाँ व्यापार वा किनमेलप्रति पनि आकर्षण नदेखाएको जाति हुन्छ, किनभने अनावश्यक र निरर्थक लगानी बढ्नेछ । तर मंगलबारपछि सकारात्मक फलहरु प््रााप्त हुनेछन । प्रतियोगितात्मक कृयाकलापमा सफल हुनुहुनेछ । मित्रशक्ति र कुटुम्बबाट साथसहयोग पाइने छ । मिहिनेतको परिणाम ढिला गरी प्राप्त हुनेछ ।

मकर– भो, ज, जि, खि, खु, खे, खो, गा, गि 
साताको मध्यभागमा आर्थिक संकट भए पनि समग्रमा यो साता परिणामदायी रहने संकेत छ । सुरुमा आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलाग्ने संभावना रहन्छ । तपाईको श्रमको उचित मूल्यांकन हुनेछ, व्यापारमा प्रशस्त फाईदा हुने योग छ । मंगलवारदेखि बिहीवारसम्म श्रममूलक काम, कृषि तथा पशुपालनका क्षेत्रमा सोचेअनुसार लाभ हुनेछैन । आकस्मिक रुपमा अतिथिको आवाभगत गर्नुपर्ने हुनसक्छ भने दैनिक कामकाजमा खर्च बढ्ने छ । झर्कोलाग्दो यात्राको योग छ । के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ । शुक्रवार र शनिवार प्रेमालाप गर्ने अवसर प्राप्त होला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द 
यो साता तपाईले आपm्नो काममा तल्लीन हुनुपर्ने समय रहने छ । कतै लामो दुरीको यात्रा हुन सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ हुनेछ । साथीहरुसँग मनोरञ्जन गर्ने अवसर जुर्नेछ । बौद्धिक प्राज्ञिक गतिविधिमा संलग्न हुने अवसर जुर्नेछ । तर साताको अन्त्यमा बन्दव्यापार व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । छरछिमेकमा पनि केही असमझदारी बढ्ने योग छ । प्रतियोगिता र प्रतिस्पर्धामा पराजय व्यहोर्नु पर्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि 

यो साता जे गरे पनि आँट, हिम्मत र आत्मबल प्रयोग गरी अघि बढ्नु जायज हुनेछ । उपहार वा चिठ्ठाको योग रहेको छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनात्मक काममा संलग्न भइने छ । प्रतिस्पर्धीहरुमाथि विजय प्राप्त हुनेछ । साताको पूर्वाद्र्धमा साथसहयोग गर्ने र बिग्रनै लागेको काम पनि सम्हाली दिने मददगार भेटिन सक्छन् तर साताको उत्तराद्र्ध धैर्यधारण गरी परिश्रम गर्ने समय छ, जे गरे पनि आपm्नै पाखुरी र बुद्धि खियाएर खट्नु पर्नेछ । राज्यपक्षबाट सम्मानित हुने अवसर समेत पाउन सक्नुहुन्छ ।