राप्ती स्वास्थ्य प्रतिष्ठान र परीवार नियोजन संघ विच समझदारी

सेवा प्रभावकारी बनाउन सहयोग आदान प्रदान गरीने

घोराही, भदौ १ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल परीवार नियोजन संघ दाङले दुवै मिलेर एक आपसमा सहयोग आदानप्रदान गर्ने सम्झौता गरेका छन् । परीवार नियोजन संघवाट प्राप्त हुन नसक्ने सेवाहरु प्रतिष्ठानसंग सहकार्य गरेर विरामिहरुलाई सहज र सरल ढंगवाट प्रदान गर्न सहयोग पु¥याउने उदेश्यले आइतवार दुवै पक्षविच सम्झौता भएको हो ।

परीवार नियोजनमा उपचारका लागि आएका विरामिहरुले थप सेवा प्रदान गर्नका लागि प्रतिष्ठानसंग समझदारी पत्रमा हस्ताक्षर गरेर नयाँ शन्देश सहीतको सहकार्यको गरीएको परीवार नियोजन जिल्ला शाखा दाङका शाखा प्रवन्धक बसन्त खनालले बताउनु भयो । परीवार नियोजन संघ र प्रतिष्ठान विच एक आपसमा सहयोग आदान प्रदान गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको प्रतिष्ठानका रजिष्टार रामप्रशाद प्याकुरेलले बताउनु भयो ।

समझदारी पत्रमा परीवार नियोजन संघको तर्फवाट शाखा प्रवन्धक खनाल र प्रतिष्ठानकोतर्फवाट रजिष्टार प्याकुरेलले हस्ताक्षर गरेर समझदारी पत्र एक आपसमा आदान प्रदान गर्नु भएको थियो । समझदारी पत्रिमा विरामिको उपचारको सहजताका लागि परीवार नियोजन संघवाट आउने विरामिहरुलाई प्रतिष्ठानमा सर्वसुलभसहीत सरल र सहज ढंगवाट सेवा दिने ब्यवस्था मिलाउने उल्लेख गरीएको छ ।

समझदारी पत्रमा हस्ताक्षर गरेपछि रजिष्टार प्याकुरेलले परीवार नियोजन संघले प्रवाह गर्न नसकेको कतिपय सेवाहरु संघले सिफारीस र समन्वयका आधारमा सर्वसुलभरुपमा प्रदान गर्न प्रतिष्ठानकोतर्फवाट सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।