दाङमा १ वर्षमा ३४ दम्पत्तीले सयुंक्त लालपुर्जा बनाए

यमकला भुसाल

तुलसीपुर, भदौ १ |दाङमा सयुंक्त लालपुर्जा बनाउनेको सङ्यामा कमी आएको छ । गत वर्ष २०७४÷०७५को तुलनामा बितेको आर्थिक वर्ष २०७५÷०७६ मा जिल्लाको मालपोत कार्यालय तुलसीपुर,घोराही र लमहीबाट सयुंक्त लालपुर्जा बनाउनेको सङयामा कमी आएको हो । बितेको एक वर्षमा जिल्लामा ३४ जना दम्पत्तीले सयुक्त लालपुर्जा बनाएका छन । ती मध्ये मालपोत कार्यालय तुलसीपुरबाट १३ जना दम्पत्तीले सयुंक्त लालपुर्जा बनाएका छन भने मालपोत कार्यालय घोराहीबाट १२ जना र लमहीबाट ९ जना दम्पत्तीले सयुंक्त लालपुर्जा बनाएका हुन ।

सरकारले सम्पत्तीमा दम्पत्तीको समान अधिकारको व्यवस्था गरे पनि यस वर्ष कार्यालयमा लिखितको सङया घटेपछि सयुंक्त लालपुर्जा लिनेको सङयामा कमी आएको मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–कित्ता काट गर्ने सिस्टम सरकारले रोकेपछि कार्यालयमा यस वर्ष लिखितको सङ्या घट्को हो,तर बन्दा पत्रको सङ्या भने बढेको छ,यसको राजश्व पनि कम हुन्छ । उहाँका अनुसार कार्यालयबाट बितेको एक वर्षको अवधिमा १० हजार ८ सय २८ जनाले लालपुर्जा बनाएका छन । जसमध्ये १३ जना दम्पत्तीले सयुक्त लालपुर्जा बनाएका छन ।

यसैगरि फरक फरक अर्थात एकल लालपुर्जा बनाउनेहरुमा महिलाको सङया भने बढ्दै गएको छ । यस वर्ष कार्यालयबाट ५ हजार ६ सय २५ जना महिलाले एकल लालपुर्जा बनाएका छन भने ५ हजार १ सय ९० जना पुरुषले एकल लालपुर्जा बनाएको कार्यालय प्रमुख खड्काले जानकारी दिनुभयो । यो सङया गत वर्ष २०७४÷०७५को तुलनामा कम हो । गत वर्ष कार्यालयबाट ११ हजार ८ सय ३२ जनाले लालपुर्जा बनाएका थिए । ती मध्ये २४ जना दम्पत्तीले सयुंक्त लालपुर्जा बनाएका थिए ।

घोराहीबाट १२ जना दम्पत्तीले सयुक्त लालपुर्जा बनाए

मालपोत कार्यालय घोराहीबाट बितेको एक वर्षमा १४ हजार ३ सय ३२ जनाले लालपुर्जा बनाएका छन । कार्यालयका प्रमुख बिनोद कुमार पौडेलका अनुसार बितेको वर्ष २०७५÷०७६मा १४ हजार ३ सय ३२ जनाले लालपुर्जा बनाएका छन । जसमध्ये १२ जना दम्पत्तीले सयुक्त लालपुर्जा बनाएका छन ।

लमहीबाट ९ जना दम्पत्तीले सयुक्त लालपुर्जा बनाए

मालपोत कार्यालय लमहीबाट बितेको एक वर्षमा ६ हजार २ सय ४८ जनाले लालपुर्जा बनाएका छन । कार्यालय प्रमुख रमेश बुढाथोकीका अनुसार बितेको एक वर्षमा ९ जना दम्पत्तीले सयुक्त लालपुर्जा बनाएका छन । त्यस्तै २ हजार ९२ जना महिलाले एकल लालपुर्जा बनाएका छन भने ४ हजार १ सय ४७ जना पुरुषले एकल लालपुर्जा बनाएका छन । यो सङ्या गत वर्षको तुलनामा कम हो । गत वर्ष कार्यालयबाट ६ हजार ४ सय जनाले लालपुर्जा बनाएका थिए ।