खाल्डाखुल्डीका कारण सडक दुर्घटनाको जोखिम


तुलसीपुर, १ भदौ | दाङको तुलसीपुरमा विकासको नाममा विभिन्न ठाउँमा भत्काइएका संरचना र खाल्डाखुल्डीका कारण सडक दुर्घटनाको जोखिम बढेको छ । नेपाल टेलिकमले तुलसीपुरको विपि चोक र जेसिज चोकमा एक हप्ता अघि खाडल खनेर छोड्दा दुर्घटनाको जोखिम बढेको हो ।

बजारका मुख्य तथा व्यस्त सडकमा मनलाग्दी रुपमा खाडल खनेर छोड्ने र आफु अनुकुल काम गर्दा दुर्घटनाको उच्च जोखिम बढेको हो । मुख्य चोकमा खाडल खन्ने र मोटरसाईकल पार्कीङ लेखेको बोर्ड राख्दा कतिपय सवारी चालकहरु समेत पार्कीङ स्थल भनेर झुक्कीने गरेका छन् ।

अप्टिकल फाईबर बिछ्याउनका लागि सडक निर्माण गर्दा धसीएको अन्डरग्राउड फिडरको चेम्बर पत्ता लगाउन खाल्डाखुल्डी खनीएको नेपाल टेलिकम तुलसीपुरले जनाएको छ ।