घोराहीको होटल भित्र मृत अबस्थामा भेटिए भुपेन्द्र डाँगी

Advertise with us


दाङ, मंसिर २८ । दाङको घोराही स्थित एक होटलमा एक जना ब्यक्ति मृत अबस्थामा भेटिएका छन् । घोराही उपमहानगरपालिका वडा नं. १५ स्वर्गद्धारी एफएम रोडमा रहेको ईट ओ क्लक रेष्टुरेन्टमा ३७ बर्षीय भुपेन्द्र डाँगी मृत अबस्थामा भेटिएका हुन् ।


Advertise with us
तुलसीपुर उपमहानगरपालिका घर भएका मृतक डाँगी तीन महिना देखि होटलमा कार्यरत रहेको होटल सञ्चालक निमकान्त डाँगीले बताउनुभयो ।

Buddha International Hospital

डाँगीले रातको समयमा होटलको सम्पुर्ण जिम्मेवारी लिने गरेको सञ्चालक डाँगीले बताउनुभयो । शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।