बँग्लाचुलिमा आगलागी, तीन बालबालिकाको जलेर मृत्यु

 

दाङ २८ मङ्सिर । दाङको बंगलाचुली गाउँपालिका वडा नं. ८ गुँरास गाउँको एक घरमा आगलागी हुँदा तीन बालबालिकाको जलेर मृत्यु भएको छ । स्थानीयबासी नवराज पुनको घरमा गयराती सोलारको ब्याट्री पड्केर आगलागी भएको हो ।

Buddha International Hospital

Advertise with us

आगलागीमा परी नवराज पुनका ७ वर्षीय छोरा कृष्णबहादुर पुन, ५ बर्षीय छोरी अस्मिता पुन र दुई वर्षीय छोरी अन्जु पुनको मृत्यु भएको छ । घरमै रहेका ७ वटा बाख्रा र ४ वटा गाईको पनि जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक रामबहादुर घर्तिले बताउनुभयो ।

एक वर्षीय छोरा बिरामी भएकाले घरमा ३ जना बालबलिकालाई सुताएर बाबुआमा झारफुक गराउन गएको बेला आगलागी भएको प्रहरीले बताएको छ । घरमा विजुली बत्तिका लागि राखिएको सोलारको ब्याट्री पड्केर आगलागी भएको प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक घर्तिले बताउनुभयो ।

स्थानीय प्रहरी चौकी हाँसीपुरबाट गएको प्रहरी टोली र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।

Advertise with us