मालपोतमा ३ करोड बढी राजश्व

यमकला भुसाल

Buddha International Hospital

तुलसीपुर, मंसिर  । मालपोत कार्यालय तुलसीपुर दाङले ४ महिनाको अवधिमा ३ करोड बढी राजश्व सकंलन गर्न सफल भएको छ । चार महिनाको छोटो समयमा ३ करोड राजश्व संकलन भएको कार्यालयका प्रमुख नरेशकुमार खड्काले बताउनुभयो ।

Advertise with us

चालुआर्थिक वर्ष २०७५÷७६ को साउन महिना देखि कार्तिक महिनासम्ममा ३ करोड २३ लाख ७१ हजार २ सय १६ रुपैया राजश्व सकंलन गर्न सफल भएको खड्काले जानकारी दिनुभयो । खड्काका अनुसार सो रकम जग्गा रजिष्टेशन पास वापत सकंलन भएको हो । सघिंयता सुरु भएदेखि ४० प्रतिशत प्रदेशमा पठाउने गरिएको छ भने ६० प्रतिशत रकम स्थानीय तह गाउँपालिका, उपमहानगरपालिकामा पठाउने गरिएको छ ।

जसमध्ये हालै मात्र प्रदेशको संचित कोषमा १ करोड ३१ लाख ८८ हजार ४ सय ८२ रुपैया ८० पैसा पठाएको प्रमुख खड्काले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकामा १ करोड ८७ लाख ५७ हजार ४ सय ४३ रुपैया, बबई गाउँपालिकामा २ लाख ३८ हजार ८ सय २८ रुपैया ८० पैसा, दंगिशरण गाउँपालिकामा ४ लाख ११ हजार ४ सय ७७ रुपैया, शान्तिनगर गाउँपालिकामा ३ लाख ७४ हजार ९ सय ८१ रुपैया ४० पैसा पठाएको उहाँले जानकारी दिनुभयो ।

Advertise with us