नरिवलको पानीका फाइदा

नरिवलको पानी मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । अझ पुरुषभन्दा महिलाका लागि नरिवलको पानी फाइदाजनक मानिन्छ ।

विशेषगरी, गर्भवती महिलाका लागि नरिवलको पानी उपयोगी सिद्ध भएको छ । नरिवलको पानीमा हुने विभिन्न प्रकारका लवण, भिटामिन ‘सी’लगायतका तत्त्व गर्भवती महिला र गर्भको भ्रुणलाई निकै उपयोगी हुन्छ । नरिवलको पानी नियमित पिउने महिलामा मूत्रनलीको संक्रमणको खतरा पनि कम हुन्छ ।

Blog Post Ad

नरिवलको पानी सेवन गर्नुका फाइदा

१. शरीरमा पानीको कमीले माइग्रेन वा टाउको दुखाइ हुन सक्छ । यस्तो अवस्थामा नरिवलको पानीले शरीरमा इलेक्ट्रोलाइट आपूर्ति गरेर पानीको स्तरलाई समेत बढाउँछ र टाउको दुखाइमा कमी हुन्छ ।

Blog Post Ad

२. पिसाब पोल्ने, शरीरमा पानीको कमी अर्थात् डिहाइड्रेसन (शरीरमा पानीको मात्रा कम हुने)े समस्याबाट मुक्ति पाउन नरिवलको पानी उपयुक्त मानिन्छ ।

३. नरिवलको पानी उच्च रक्तचाप नियन्त्रणमा सहयोगी हुन्छ । यसमा भएका भिटामिन ‘सी’, पोटासियम र म्याग्नेसियमले उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ ।

४. नरिवलको पानीले तौल घटाउन सहयोग गर्छ । यसमा कम मात्रामा क्यालोरी हुनाले यो सजिलै पच्छ ।

५. नरिवलको पानी छाला वा सुन्दरताका लागि निकै प्रभावकारी मानिन्छ । साथै नरिवलको पानी बेलुका अनुहारमा लगाएर सुत्ने र बिहान उठेर सफा गर्नाले अनुहारको दाग हराउँदै जान्छ । साथै कपालमा चम्काउन र दह्रो बनाउन पनि नरिवल पानी उपयोगी हुन्छ ।

६. पिसाब पोल्ने समस्या छ भने त्यसबाट मुक्ति पाउन नरिवलको पानी पिउनु उत्तम उपाय मानिन्छ ।

७. मिर्गाैलाको पत्थरी, कालोपोतो, डन्डिफोर र आँखाको कालो घेरो (डार्क सर्कल) हटाउन पनि नरिवलको पानी उपयोगी मानिन्छ ।

८. नरिवलको पानीले गर्भवती महिलामा बिहानपख हुने बान्ता रोक्न सहयोग गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *