नेपाल इन्जिनियर्सको निर्वाचन आज

घोराही, मंसिर  । राप्ती इन्जिनियर्स एसोशिएसनको निर्वाचन आज हुने भएको छ । नेपालको सातवटै प्रदेश र केन्द्रीय समितिका लागि आज शुक्रबार निर्वाचन हुने भएको हो ।

Buddha International Hospital

Advertise with us

निर्वाचनका लागि देशका १३ स्थानमा मतदान केन्द्र तोकिएको छ । केन्द्रिय समितिका लागि २५ सदस्यीय र प्रदेश समितिका लागि १५ सदस्यीय समितिका लागि निर्वाचन हुँदैछ । त्यसको लागि केन्द्रमा दुई प्यानल र प्रदेशमा पनि दुई प्यानल चुनावि मैदानमा रहेको नेपाल ईन्जिनियर्स च्याप्टर दाङका अध्यक्ष अनन्तराज घिमिरेले बताउनुभयो ।

मतदानको सबै तयारी पुरा भैसकेको र प्रदेश नं. ५ को लागि बुटवल, दाङ र नेपालगन्जमा मतदान केन्द्र तोकिएको छ । देशभरबाट १७ हजार मतदाताले मतदान गर्दैछन् भने दाङको घोराही स्थितडोको होटलमा हुने मतदान केन्द्रमा ७० जनाले मतदान गर्दैछन् ।

निर्वाचन लोकतन्त्रिक र प्रगतिशील गरी दुई प्यानल बीच हुने र मतदान बिहान ८ बजे देखि बेलका ५ बजे सम्म हुने ऋषिराज पोख्रेलले जानकारी दिनुभयो ।