जनैपूर्णिमामा घोराहीमा सार्वजनिक विदा

 तुलसीपुर, २९ साउन । जनैपूर्णिमाको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका भित्रका विद्यालयहरुमा विदा दिइने भएको छ । हिन्दुहरुको महत्वपूर्ण चाडका रुपमा रहेकाले सरकारले विदा कटौती गरेपनि स्थानीय विदा समायोजन हुने गरी विदा दिइएको शिक्षा समिति संयोजक देवराज विकले बताए ।
संयोजक विकले सामुदायिक र संस्थागत सबै विद्यालयमा विदा दिइएको जानकारी दिए । शिक्षा समितिले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर विभिन्न समयमा विदा दिदै आएको छ । यसैगरी घोराही उपमहानगरपालिकाले भोली नगर भित्र सार्वजनिक बिदा दिएको छ । हिन्दुधर्मालम्बीहरुको चार्ड रक्षाबन्धन, जनैपूर्णिमा र स्थानिय नेवार समुदायको गाईजात्रा भोली परेकाले नगरभरी सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बर्षमा एक दिन स्थानिय सरकारले सार्वजनिक बिदा दिन सक्ने व्यवस्था अनुसार घोराही उपमहानगर र यस अन्तरगतका सबै कार्यालयहरुमा बिदा दिने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत द्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । यसैबिच उपमहानगरले रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्वको अबसरमा सबैलाई सुभकामना दिएको छ ।
नगर प्रमुख नरुलाल चौधरी र उपप्रमुख सीता सिग्देल न्यौपानेले दुबै पर्वको अबसरमा सबैको सुख, शान्ति, संबृद्धी र सुस्वास्थ्यको कामना गर्दै सुभकामना दिनुभएको हो ।