लमहीमा रक्षाबन्धन (जनैपूर्णीमा)को चहलपहल सुरु ( फोटो फिचर सहित )

शिवु खनाल

दाङ, २९ साउन | देउखुरी सहित दाङका विभिन्न क्षेत्रमा रक्षाबन्धनकाे चहलपहल सुरु भएको छ । दाङकाे लमहीमा रक्षाबन्धनको चहलपहल सुरु भएको संगै बजार क्षेत्र भिडभाड हुन थालेकाे छ । दाजु र बहिनीको पवित्र चाड रक्षाबन्धन (जनैपूर्णीमा) को चहलपहल दाङको लमहीमा सुरु भएको छ ।

३० गते बिहीबार परेको रक्षाबन्धन (जनैपूर्णीमा)को लागि मध्यनजर गर्दै लमहीकाे गोलघर अगाडि भिडभाड लागेको छ । दिदिबहिनिहरुले आफ्ना दाजुभाइहरुको लागि विभिन्न प्रकारका राखी र मिठाई किन्ने गरेको पाईन्छ ।