जनैपूर्णिमामा तुलसीपुरका विद्यालय वन्द


तुलसीपुर,साउन २९ । जनैपूर्णिमाको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका भित्रका विद्यालयहरुमा विदा दिइने भएको छ । हिन्दुहरुको महत्वपूर्ण चाडका रुपमा रहेकाले सरकारले विदा कटौती गरेपनि स्थानीय विदा समायोजन हुने गरी विदा दिइएको शिक्षा समिति संयोजक देवराज विकले वताए । संयोजक विकले सामुदायिक र संस्थागत सबै विद्यालयमा विदा दिइएको जानकारी गराए ।

“विद्यार्थीहरुको मागलाई ध्यानमा राखेर हामीले स्थानीय आवश्यकताको वोध गर्दै विदा दिएका हौ” संयोजक विकले भने । शिक्षा समितिले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर विभिन्न समयमा विदा दिदै आएको छ ।