मिल्यो प्रतिष्ठान र कर्मचारीको विवाद

Advertise with us

दाङ, मंसिर २७ । राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले आफ्ना आन्दोलन फिर्ता लिएका छन् । लामो समयदेखी काम गरिरहेका अस्पताल विकास समितिका कर्मचारीहरुको ब्यवस्थापन र झन्डै ६ महीनादेखीको तलव खुवाउनुपर्ने माग राख्दै उनिहरु आन्दोलनमा उत्रिएका थिए ।

Buddha International Hospital

Advertise with us

कर्मचारीहरुको काम पुरा गर्ने प्रतिवद्धता प्राप्त गरेपछि आन्दोलन फिर्ता लिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान संघर्ष समितिका संयोजक हेमराज गौतमले बताउनुभयो । गौतमले विहिबार बेलुका विज्ञप्ती जारी गरेर आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको जानकारी दिनुभएको हो ।

कर्मचारीको प्रतिनिधीहरु, प्रतिष्ठानका उपकुलपती र रजिष्टार सहित प्रमुख जिल्ला अधिकारीको रोवरमा भएको छलफलमा कर्मचारीहरुले राखेका मागहरु पुरा गर्नको लागि सम्बन्धीत निकायहरुले प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरिएको गौतमले जानकारी दिनुभयो ।

राप्ती उपक्षेत्रीय अस्पताल रहदा विकास समिति मार्फत कार्यरत ६२ जना कर्मचारीलाई प्रतिष्ठानमा समायोजन गर्ने सुचना प्रकाशन गरी केही समयका लागि मात्र म्याद थप गरेका कारण प्रतिष्ठान संघर्ष समिति गठन गरी आन्दोलन गर्नुपरेको संघर्ष समितिले जनाएको थियो ।