मोडल शेखर सुबेदी अहिलेसम्मकै फरक लुक्समा

नवीन अभिलाषी
अहिलेका चर्चित मोडल शेखर सुबेदी नयाँ लुक्समा आउदैछन् । पछिल्लो समय म्युजिक भिडियोमा काम गर्दै आएका मोडल सुबेदीले एउटा म्युजिक भिडियोका लागि पहिलो पटक फरक र नयाँ लुक्समा आउन लागेका हुन् ।

भोईस अफ नेपालबाट चर्चामा आएका गायक सुशिल गर्तौलाको स्वरमा रहेको पहिलो यो माया भन्ने बोलको गीतका लागि सुबेदीले नयाँ लुक्स दिन लागेको बताए । ‘पछिल्लो समय बनेको म्युजिक भिडियो भन्दा अत्यन्तै फरक शैलीमा हामीले काम गरेका छौँ ।’ मोडल सुबेदीले भने, ‘मेरो लुक्स नेपाली म्युजिक भिडियोमा अहिलेसम्मकै फरक र नयाँ शैलीको रहेको छ ।’

प्रकाश धितालले निर्देशन गरेको भिडियोमा मोडल सुबेदी समीक्षा पोख्रेलसँग देखिने भएका छन् । यो गीतको शब्द / संगीत धनबहादुर गोपाली र श्री केसीको रहेको छ । केहि समयमा यो गीत रिलिज हुने निर्देशक धितालले बताए । मोडल शेखर सुबेदी नेपाली सिने क्षेत्रमा फरक लुक्स र भुमिका प्रस्तुत गर्ने अब्बल कलाकार हुन् ।