दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्दो

 

NIC ASIA Bank

Ghorahi Bachat

दाङ, साउन २८ । ५ नम्बर प्रदेशमा आर्थिक वर्ष २०७५र०७६ मा सवारी दुर्घटनामा परी ६ सय २३ जनाले ज्यान गुमाएका छन् । ५ नम्बर प्रदेशका १२ जिल्ला सबैभन्दा धेरै रुपन्देहीमा १ सय ४३ जनाको मृत्यु भएको छ ।

Center Point

City Garden

दाङमा १ सय ४, नवलपरासीमा ७३, कपिलवस्तुमा ८०, पाल्पामा ४०, गुल्मीमा १९, अर्घाखाँचीमा १६, बाँकेमा ७१, बर्दियामा ३३, प्यूठानमा १४, रोल्पामा १५ र रुकुममा १५ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ९ सय ३३ जना गम्भीर र ७ सय ११ सामान्य घाइते भएका छन् । १ वर्षमा प्रदेशभर १ हजार २९ दुर्घटना भएका थिए ।

१५ करोड राजस्व संकलन ट्राफिक प्रहरीले जरिवानाबाट झण्डै १५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेशभरबाट १४ करोड ४१ लाख ९४ हजार ५ सय रुपैयाँ संकलन गर्न सफल भएको हो ।

५ नम्बर ट्राफिक प्रहरी कार्यालयले १ करोड ५६ लाख ३३ हजार ५ सय, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले ३ करोड ५१ लाख २ हजार, पश्चिम नवलरासी ट्राफिकले १ करोड ४० लाख १६ हजार, कपिलवस्तुले १ करोड ७५ लाख १६ हजार, पाल्पाले ९१ लाख १९ हजार ५ सय, गुल्मीले ३९ लाख ७ हजार, अर्घाखाँचीले ३६ लाख ८४ हजार ५ सय, दाङले २ करोड १३ लाख ५ हजार ५ सय, बाँकेले १ करोड ६९ लाख ९ हजार, बर्दियाले ७९ लाख, ११ हजार ५ सय, प्यूठान ३५ लाख ७ हजार, रोल्पाले १५ लाख २२ हजार र रुकुमले ३७ हजार संकलन गरको हो ।