दाङका ३७ वटा वडा कार्यालय भाडाको भरमा संचालन


दाङ २८ साउन । दाङमा ३७ वटा वडा कार्यालयहरु भाडाको भरमा संचालन हुँदै आएका छन् । चालु आर्थिक बर्ष दाङ जिल्लामा रहेका एकसय स्थानिय सरकारमध्ये ३८ स्थनिय सरकारका आफ्नै भबन बन्ने भएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाको १४, १८ र १८ नम्बर वडा कार्यालयहरु भाडाका भरमा संचालन रहेका छन् । त्यसैगरी घोराही उपमहानगरपालिकाका ३, १३ र ११ नम्बर वडाका कार्यालयहरु संचालनमा छन् । त्यसैगरी बवई गाँउपालिकाका ७ र ३ बाहेक सबै वडा कार्यालयहरु भाडामा रहेका छन् ।

त्यस्तै दंगिशरण गाँउपालिकाका ७ वटा वडा मध्ये ५ वटा वडा कार्यालय भाडामा संचालन भएको अध्यक्ष भागिराम चौधरीले जानकारी दिनुभयो । त्यस्तै लमहीका ३ वटा वडा कार्यालय, राजपुर गाँउपालिकाका ६ वटा वडा कार्यालय भाडामा संचालन रहेका गाँउपालिका कार्यालयले जनाएको छ ।

भाडामा कार्यालय संचालन हुँदा वर्षेनी लाखौँ रुपैया खर्च हुने गरेको छ । भाडामा कार्यालय संचालन गर्दै आएका स्थानीय तहले २० करोड बढी विनियोजन गरेका छन् ।