वडा भवनको शिलन्यास

Advertise with us


तुलसीपुर, मंसीर २७ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १६ मा वडा भवनको शिलन्यास गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जगको पुजा गरेर भवनको शिलन्यास गर्नुभएको हो । भवनको शिलन्यास गर्दै नगरप्रमुख पाण्डेले उपमहानगरपालिकाले यस वर्ष ४ वटा वडा कार्यालय स्थापना गर्ने वताउनु भयो ।

Buddha International Hospital
Advertise with us

उहाँले नागरिकको सहजताका लागि वडा कार्यालयलाई सेवा केन्द्रका रुपमा विस्तार गर्न लागिएको पनि जानकारी दिनुभयो । “जनतालाई कसरी सर्वसुलभ रुपमा सेवा दिन सकिन्छ भन्ने वारेमा हामीले योजना वनाएर काम गरिरहेका छौ” पाण्डेले भन्नुभयो । उहाँले वडा कार्यालयमा विभिन्न विषयगत शाखाहरु राखेर जनतालाई आँगनमै सेवा दिने काममा उपमहानगरपालिका लागिरहेको पनि वताउनु भयो । “जनताको घरदैलोमा सेवा पुर्याउने हाम्रो लक्ष्य हो” पाण्डेको भनाई थियो । उहाँले तुलसीपुर उपमहानगरपालिकाले राजस्व संकलन र घटना दर्ता समेत वडा कार्यालयबाट गरेर जनतालाई सेवा दिइरहेको समेत वताउनुभयो ।


जग्गा व्यवस्थापन समितिका सदस्य यज्ञवहादुर वस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अमरवहादुर खड्का,खिमानन्द डाँगी, खिमवहादुर वली लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवन योगीले ३ महिना भित्र भवन निर्माण भइसक्ने जानकारी गराउनुभएको थियो ।

उहाँले ५ कोठाको भवन निर्माणका लागि ४० लाख ४४ हजार लाग्ने वताउनुभएको थियो । इन्जिनियर योगीले भवन आधुनिक शैलीको हुनुका साथै अपाँगमैत्री पनि हुन् वताउनुभयो । भवन शिलन्यसा कार्यक्रम वडाध्यक्ष भुपवहादुर केसीको अध्यक्षतामा भएको थियो ।