प्रभावकारी बन्दै मालपोतको अनलाईन प्रणाली

 


रीता लामा
घोराही, २८ साउन | 
गत वैशाख ४ गते मालपोत कार्यालय तुलसीपुरले राप्तीमा पहिलोपटक अनलाइन सेवा सुरु गरेको थियो । अनलाइन सेवामा प्रवेश गरेसंगै अव विस्तारै हस्त लिखित र परम्पराकाल प्रयोग हुदै आएको कागजी कामको अन्त्य गर्ने भन्दै केन्द्र सरकारको निर्देशनमा कार्यालयले यस्तो सेवा सुरु गरेको थियो ।


घोराहीमा रहेको मालपोत कार्यालयमा पनि गत जेठ १९ गते देखि अनलाईन प्रणाली मार्फत सेवा प्रारम्भ गरियो । । जेठको दोस्रो साता तिर लमहीमा पनि अनलाईन प्रणाली सुरु गरिएको थियो ।


मालपोतलाई अनलाईन प्रणाली बनाउनको मुख्य उद्देश्य नै कार्यालयमा हुने कर छली रोक्न र सरकारी कार्यालयहरुलाई पेपरलेस बनाउनको लागि जिल्लाका सबै मालपोतमा अनलाइन प्रणाली लागु गरिएको हो । अनलाईन सेवा सुरु भएपछि व्यक्तिको सम्पत्तीको सुरक्षा, जग्गाको कारोबार, खरिदविक्री जस्ता गतिविधिको अभिलेखिकरण अनलाइन मै हुने भएकाले जग्गा खरिद विक्रिमा विठ्याई पनि कम हुने भएको छ । यस्तै राजश्व छलि कम गराउनको लागि पालपोतलाई पेपरलेस बनाउने सरकारको केन्द्रिय नीति नै हो ।

लामो समय देखि कागजमा लेख्दै आएका र कम्युटर चलाउन नजानेका पुराना कर्मचारीहरुलाई भने केही समस्या भएको त्यहाँ कार्यरत कर्मचारीहरुले बताउने गरेका थिए । तर सिक्दै जादा सहज भएको उनीहरुको भनाई छ ।


मालपोत कार्यालय घोराहीका प्रमुख विनयकुमार पौडेलले पछिल्लो समय अनलाईन प्रणाली प्रभावकारी हुदै गएको बताउनुहुन्छ । मालपोत कार्यालयमा केन्द्र कै निर्देशन अनुरुप अनलाईन सुरु गरिएको हुदाँ सुरुमा कर्मचारीहरुलाई काम गर्न केही असहज भए पनि अव सिकिसकेको उहाँले बताउनुभयो । उहाँनका अनुसार त्यहाँ कार्यरत कर्मचारीहरुको लागि सरकारले छुट्टै तालिमको व्यवस्था नगरे पनि वरिपरि साथीहरुको हेरेर एक अर्काको सिकाई साटफेर गरेर भए पनि कार्यरत कर्मचारीले आफै कम्युटरमा डाटा अपडेट गर्न सिकेका हुन् । अव मालपोतमा काम गर्न आउने कर्मचारीहरु कम्प्युटन जान्दै पर्ने बाध्यकारी समेत भएको छ ।

‘पहिले देखि मालपोतमा काम गर्दै आएका कर्मचारीहरुको अनेत्र सरुवा भयो । अहिले मालपोतमा आएका सबै नयाँ कर्मचारी हुन् ।’ उहाँले भन्नुभयो ‘नयाँ आएको कर्मचारीहरुले पनि आफै सिकेर अनलाईन प्रणाली संचालन गरिरहेका छन् ।’ अहिले मालपोतमा संचालन भएको अनलाईन प्रणाली सुरुवाती अवस्था भएको हुदाँ केही काम अनलाईनबाट भए पनि केही काम भने कागजमा भैरहेको छ ।

कुन कामको लागि के कति राजश्व लाग्छ, पुँजिगत लाभकर लगायतका कुराहरु अनलाईनमा भए पनि सामान्य रसिद काट्ने काम भने कागजमा भैरहेको कार्यालयका प्रमुख पौडेलले बताउनुभयो । विशेष गरी सेवा ग्राहीको गरिएको कामको विवरण राख्ने काम कम्प्युटर मार्फत भैरहेको उहाँले जानकारी दिनुभयो । साथै आगामी दिनमा मालपोतलाई पुरै पेपर लेस बनाउने तयारी आफुहरुले गरेको मालपोतका प्रमुख पौडेल बताउनुहुन्छ । ‘अहिले कम्प्युटर र पेपर दुवैमा काम भैरहेको छ । कर्मचारीहरुले दोब्वर काम गरिरेहेका छन् ।’ उहाँले भन्नुभयो ‘आगामी दिनमा यसलाई हामीले पुरै हटाउछौ ।’

मालपोतमा हुने अनलाईन प्रणालीलाई लोडसेडिङले नरोकोस भन्नको लागि सोलार सिस्टम जडान गरिएको र नेट पनि दुई वटा कम्पनीको जडान गरिएको छ । जिल्लाका सबै स्थानमा अनलाईन प्रणाली सुरु भए पछि भने विगतमा जालसाँची गरी विभिन्न स्थानमा एउटाको जग्गा अर्कैले विक्री गरेको घटनाहरु घटेका छन् ।

कुनै पनि व्यक्तीले एक पटक मालपोतबाट सेवा लिए पछि मालपोतमा भएको आफ्नो जग्गाको कारोवारको जानकारी आफ्नो मोवाईलमा आउने भए पछि झुक्याउने कार्य पनि घटेको छ । जसको कारण व्यक्तिको सम्पतीको सुरक्षा हुने, पटकपटक कागजपत्र बोकीरहनु नपर्ने भएको छ ।

तर अझै पनि मालपोत पुर्ण रुपमा पेपर लेस नभएको हुदाँ सरकारले भन्दै आएको घरमै बसेर अनलाईन प्रणाली मार्फत फारम भरेर मालपोत कार्यालयमा पुर्जा दिन एकैपटक गएपनि हुने, लेखापढी कानुन व्यवसायीको आवश्यक नपर्ने जस्ता काम भने हुन सकेको छैन । अझै पनि मालपाते कार्यालयमा विचौलीयाको गतिविधि भने उस्तै छ ।