एभोकाडोको दाङमा व्यवसायीक खेती

Advertise with us

 घोराही,२७ मंसिर ।  । नेपालमा शाही फलका रुपमा परिचत फल एभोकाडोको दाङमा व्यवसायीक खेती शुरु गरिएको छ । बर्षका १२ है महिना हरियाली हुनाले वातावरीय रुपमा उपयुक्त हुनका साथै स्वास्थ्यका हिसावले समेत एभोकाडोलाई चिनिने गरिन्छ ।

Buddha International Hospital


Advertise with us
पोष्ट्रिक आहारका रुपमा समेत परिचित फल एभोकाडो छालामा चमक ल्याउनका लागि समेत प्रयोग गर्ने गरिदै आईएको छ । ‘एभोकाडो’ फललाई नेपालमा ‘घिउ फल’ का रुपमा समेत चिनिने गरिदै आइएको ठाकुर रोका बताउछन ।


रोकाले विगत ६ बर्षदेखि दाङमा एभोकाडोको व्यवसायीक खेती शुरु गरेका छन । काठमाण्डौमा रहेको मामाको घरवाट २ वटा विरुवा लिएर व्यवसाय सुरु गरेका रोकाले अहिलेसम्म ३० वटा विरुवा पु¥याईसकेको बताउछन । एभोकाडो फलका बारेमा जानकारी पाएपछि आफुले दाङमा व्यवसाय सुरु गरेको समेत रोका बताउछन ।

‘ ४ वटा विरुवावाट सुरु गरेको व्यवसाय अहिले ४ कट्ठा जमिनमा पु¥याएको छ’,रोकाले भने,‘यो करिव ३० विरुवा थप्ने योजन बनाएको छु ।’ रोकाका अनुसार घोराही उपमहानगरपालिका–११ बाँसगझेरीको ४ कट्टा जमिनमा ३० विरुवा रोपेको बताउछन । पहिलो बर्ष रोपेका विरुवाहरुले उत्पादन दिन थालेको रोकाको भनाई छ ।

स्वास्थ्यका दृष्टिकोणले मानिसहरुलाई अतिउपयोगी फलका रुपमा रहेको एभोकाडोवाट दंगाली जनताहरुले राम्रो आर्थिक आम्दानी गर्न सकिने समेत उनी बताउछन । एभोकाडोको व्यवसायीक खेती गर्न सके फलवाटै आम्दानी लिन सकिने र अर्काेतर्फ विरुवा १२ महिना हरियो हुने भएकाले बातावरणीय रुपमा समेत उपयोगी मानिने गर्दछ ।

नेपालको पूर्व क्षेत्रमा व्यवसायीक रुपमा शुरु भएपनि पश्चिमी क्षेत्रमा विस्तारै एभोकाडोको खेती हुन थालेको भन्दै व्यवसायी रोकाले एभोकार्डको व्यवसायीकरण गर्न सकिए बेरोजगारी समस्या अन्त्यका महत्वपुर्ण भुमिका खेल्ने उनको भनाई छ ।

‘नेपालमा भन्दा विदेशमा एभोकाडोको राम्रो विक्रि वितरण हुने गर्दछ’,रोकाले भने,‘तर पछिल्लो समयम नेपालमा विदेशीहरु आउने क्रमम बढेकाले नेपालमा समेत विक्रि हुने गरेका छ ।’ एभोगाडोलाई खानदेखि अनुसार सुन्दर बनाउनमा प्रयोग गर्न सकिने भएकाले भएकाले उत्पादन राम्रो हुदै गएमा उद्योगहरु समेत सञ्चालन गर्न सकिने रोका बताउछन । पछिल्लो समयम एभोकाडो छिमेकी देशहरु भारत र चिनमा समेत विक्रि हुने गरेको छ । एउटा फल खाएमा दिनभरको आहार दिन सक्ने पोष्टिक पदार्थ फलमा पाइने रोका बताउछन ।

एभोकाडो आर्थिक रुपमा पछाडी परेका राष्ट्रलाई समृद्धि बनाउनका लागि यसको व्यवसाय आवश्यक रहेको उनी बताउछन । हाल एभोकार्ड नेपालको पुर्वी क्षेत्रमा व्यवसायीक रुप्मा सुरु गरिएको छ । भने दाङमा नर्वेका नागरिकले रोपेको तुलसीपुरमा रहेको राप्ती आखाँ अस्पताल रक्षाचौर,भु तथा संरक्षण कार्यालय तुलसीपुर, पूर्व मानिनिय देवबहादुर केसी र घोराहीको रतनपुरमा गजराज अधिकारीको घरमा एक एक वटा विरुवाहरु रहेको रोका बताउछन । त्यती बेलामा दाङमा आखाँका रोगीहरु धेरै भएका र उक्त फलले आखाँलाई सुरक्षित गर्न समेत महत्वपुर्ण मानिने भएकाले नर्वे नागरिकले अस्पतालको परिसरमा रोपेको हुन सक्ने रोकाको भनाई छ ।

यो फल पछिल्लो समय काठमाडौमा रहेका पाँच तारे होटेलहरुका साथै पोखरा,लुम्वीनी,चितवनलगाएत विदेशीहरु आउने सहरहरुमा विक्रि हुने गरेको छ । एउटा पल न्यूनम ७० रुपैयाँदेखि ८० रुपैयासम्म मुल्य पर्ने गरेको उनी बताउछन । यसलाई दाङ सहित ५ नम्वर प्रदेशका प्रत्येक जिल्लामा व्यवसायीक रुपमा सुरुवात गर्ने आफनो योजना रहेको उनी बताउछन । यो फल पहिलो पटक नेपालमा राजा विरेन्द्रले अमेरिकावाट ल्याएको हुनाले यसलाई नेपालमा शाही फलका रुपमा समेत चिनिने गरिन्छ ।