मिष्टर एण्ड मिस प्लसटु आईकन तुलसीपुरमा हुने


तुलसीपुर, २६ साउन | दाङको तुलसीपुरमा सोमबारदेखि प्लसटु स्तरिय मिष्टर एण्ड मिस आईकन सुरु हुन लागेको छ । आयोजक सस्था फ्रिडम युथ क्लबले आईतबार रिपोर्टस क्लब दाङमा पत्रकार सम्मेलनको आयोजना गरी प्लस टुहरुबाट अडिसन सुरु गर्न लागेको जनाएको छ ।

तुलसिपुरका प्लस टु हरुमा अध्ययनरत विधार्थीहरुको सहभागीतामा अडिसन सुरु गर्ने तयारी गरेको कोरियो ग्राफर बिबस भुषालले जानकारी दिनुभयो । उहाका अनुसार पश्चिम दाङको बिकास र प्रबर्दन गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा युथ क्लबका अध्यक्ष सन्दिप गौतमले सबै प्लसटुहरुमा अडिसन भैसकेको पछि अशोजको पहिलो साता होटल वेष्टन प्याल्समा फाइनल राउन्ड सञ्चालन गरिने जानकारी दिनुभयो । पत्रकार सम्मेलनको सहजीकरण पत्रकार प्रमोद रियाज आचार्यले गर्नुभएको थियोे ।