तुलसीपुरमा तिज रमझम कार्यक्रम हुने

तुलसिपुर,२६ साउन | दृष्टिबिहिन रुपा गन्धर्वको परिवारको सहयोगार्थ दाङको तुलसिपुरमा तिज विशेष कार्यक्रम हुने भएको छ । मिडिया नेपालको आयोजनामा अरनिको मैदानमा हुन लागेको कार्यक्रममा स्थानीय तथा राष्ट्रिय ख्याति प्राप्त कलाकारको प्रस्तुति रहने भएको छ ।

आयोजकले आज रिपोर्टस क्लब दाङमा पत्रकार सम्मेलनको आंयोजना गरी भदौको ६ र ७ गते हुन लागेको जनाएको छ । रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कार्यक्रमबाट संकलित रकमको १० प्रतिशत रकम रुपा गन्धर्वको परिवारलाई सहयोग गर्ने मिडिया नेपालका अध्यक्ष तेज वलीले जानकारी दिनुभयो । उहाँले कलाकारको सम्मान र दर्शकहरुको ब्यबस्थापन मुख्य दायित्व रहेको भन्दै कार्यक्रम सफल पार्न सबैको साथ अनिवार्य भएको बताउनुभयो ।

मिडिया नेपालले सामाजिक उत्तरदायित्व बहन गर्दै दृष्टिबिहिन परिवारको सहयोगार्थ कार्यक्रम गर्न लागेको हो । पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेत ,सुचना पत्र साप्ताहिकका सम्पादक बंशिकुमार शर्मा ,आर्थिक सयोजक एसबि वली लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो ।