क्लबलाई सहयोग

 घोराही,२७ मंसिर । घोराहीमा व्यवसायीहरुले राप्ती क्लबलाई सहयोग गरेका छन । बिहीवार एक अनौपचारिक कार्यक्रमको बीच राप्ती क्लबलाई सहयोग गरेका हुन ।ललित इन्टरप्राइजेज होण्डाका सञ्चालक ललित श्रेष्ठले राप्ती क्लबलाई १८ थान जर्सी र १८ जोड़ मोजा सहयोग गर्नु भएको हो ।

Buddha International Hospital

Advertise with us

त्यसैक्रममा सी.जी. बुअरी(नेपाल आइस बियर)का प्रतिनिधि महेश श्रेष्ठले १८ थान जर्सी र 2 ओटा फुटबल प्रदान गर्नु भएको हो । साथै न्यु लुक फेशन ग्यालेरीका शंकर गिरीले २० थान बिफ्स(बाहीरबाट लगाउने जर्सी) सहयोग गर्नु भएको हो ।

नेपाल पत्रकार महासंघ दांगका अध्यक्ष सविन प्रियासन र दांग उध्योग वाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुषालको सहभागितामा उक्त सहयोग गरीएको हो । जम्मा-जम्मी ४५ हजार बराबरको सहयोग गरेको राप्ती क्लबका अध्यक्ष बसन्त पुरीले बताउनु भयो ।

घोराही १५ मा रहेको राप्ती क्लबले विगतका दिनहरुमा खेल क्षेत्रलाई अगाडी बढाउनुमा ठूलो योगदान पुर्याएको छ भने अन्य सामाजिक कार्यहरु गर्नुका साथै संस्कृति जग्रेनामा समेत आफ्नो छवि बनाउन सफल भएको छ ।

हालै बिहान राप्ती क्लबको आयोजनामा राप्ती विज्ञान प्रतिष्ठानमा सर-सफाई गरीएको हो ।राप्ती क्लबका अध्यक्ष बसन्त पूरी तथा सचिव श्याम कुमार गिरीले सहयोग गर्ने व्यापारीहरुप्रति आभार प्रकट गर्नु भएको छ ।