जन्मदिनमा वृद्धाश्रममा पुगेर बालककले लिए आशिर्वाद


घोराही, मंसिर २७ । आफ्नो जन्मदिनको अवसरमा घोराहीका एक बालकले बृद्धाश्रमका जेष्ठ नागरिकबाट आर्शिबाद ग्रहण गरेका छन् ।

Buddha International Hospital
Advertise with us

घोराहीको जनज्योति बिद्यामन्दिरमा अध्ययनरत घोराही उपमहानगरपालिका वडा नं. १४ का उज्जन श्रेष्ठले बृद्धाश्रममा पुगेर जन्मदिनको अबसरमा आर्शिबाद ग्रहण गरेका छ । घोराहीको तेरौटेमा रहेको बृद्धाश्रमका बस्दै आएका जेष्ठ नागरिकहरु संग अन्र्तक्रिया गर्दै आर्शिबाद ग्रहण गरेको श्रेष्ठले बताउनुभयो ।

‘जन्मदिनको अबसरमा मैले दिन सक्ने त म संग केहि थिएन, तर उहाहरु प्रति मेरो सम्मान छ, जन्मदिनको अबसरमा त्यहि सम्मान ब्यक्त गर्नको लागि आएको हँु ।’ श्रेष्ठले भन्नुभयो, ‘जेष्ठ नागरिकलाई सम्मान गर्नु हामी सबैको दायित्व हो ।’

ज्येष्ठ नागरिक सरोकार निकायद्वारा सञ्चालित बृद्धाश्रममा पुगेर जेष्ठनागरिकहरुलाई प्रसाद समेत वितरण गरेको श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठले आफ्नो १० औँ जन्मदिनमा बिहानै पुजा आजा गरी बृदाश्रम पुगेर वृद्धवृद्धाहरुको आशिर्वाद लिएको उहाले बताउनुभयो ।